भरतपुर महानगरमा सामाजिक सुरक्षा भत्ता वितरणमा लापरवाही: एउटै नागरिकता नम्बरबाट धेरैलाई भत्ता

भरतपुर, २१ भदौ । भरतपुर महानगरपालिकामा बेथिति बढेपछि सामाजिक सुरक्षा भत्ता वितरणमा लापरवाही भएको पाइएको छ । महालेखा परीक्षकको आर्थिक वर्ष २०७६/७७ को प्रतिवेदन अनुसार नेपाल सरकारले वितरण गर्ने सामाजिक सुरक्षा भत्ता वितरणमा लापरवाही देखिएको हो । सामाजिक सुरक्षा कार्यक्रम कार्यविधि २०७५ ले लाभग्राहीको नाम दर्ता र नवीकरण, लगत कट्टा तोकिएको मितिभित्रै परिचयपत्र अनिवार्य रुपमा […]
प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना एकाई चितवनद्वारा १५ करोड ३२ लाख रुपैयाँ बराबरको कार्यक्रम सार्वजनिक

भरतपुर , २१ भदौ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन एकाई चितवनको वार्षिक कार्यक्रम सार्वजनिक गरिएको छ । परियोजना कार्यान्वयन एकाइ चितवनले कृषि ज्ञान केन्द्र चितवनको कार्यालयमा सोमबार कार्यक्रम सार्वजनिक गरेको हो । परयोजनाका लागि चितवनमा चालु आर्थिक वर्ष २०७८÷७९ को लाागि १५ करोड ३२ लाख रुपैयाँ बजेट बराबरको कार्यक्रम सार्वजनिक गरिएको छ । जोन […]
बेथितिले बदनाम भरतपुर

देशको मध्यभागमा रहेको महत्वपूर्ण जिल्ला चितवनका सात स्थानीय तहमध्ये भरतपुर महानगरपालिकामा बेथिति बढ्न थालेको छ । भरतपुर महानगरपालिकाभित्र रहेका २९ वडामध्ये केहीमा सामाजिक सुरक्षा भत्ता वितरणमा चरम लापरवाही भएको पाइएको छ । वडा नम्बर १५ मा एउटै नागरिकताबाट तीन जनाको परिचयपत्र बनाई भत्ता वितरण भएको छ । महालेखा परीक्षकको आर्थिक वर्ष २०७६/७७ को प्रतिवेदन अनुसार […]
राष्ट्रिय जनगणना कात्तिक २५ बाट मंसिर ९ सम्म

भरतपुर, २१ भदौ । मन्त्रिपरिषद्को बैठकले केन्द्रीय तथ्यांक विभागले तयार पारेको जनगणना तालिका स्वीकृत गरेको छ । यससँगै १२औँ राष्ट्रिय जनगणना आगामी मंसिर ९ गतेभित्र सम्पन्न हुने भएको छ । कात्तिक २५ गतेबाट देशभरि एकसाथ राष्ट्रिय जनगणना सुरु हुने र मंसिर ९ गतेभित्र सम्पन्न हुने तथ्यांक विभागको कार्यतालिका छ । विभागले यसअघि छनोट गरिएका ८ […]
‘नमस्ते पे’को परीक्षण अन्तिम चरणमा
भरतपुर, २१ भदौ । नेपाल टेलिकमले डिजिटल भुक्तानी सेवा प्रदान गर्ने कम्पनी ‘नमस्ते पे’को व्यावसायिक सञ्चालन यही भदौ महिनाभित्र सुरु गर्ने तयारी भइरहेको जानकारी दिएको छ । टेलिकमले वार्षिक कार्यक्रमबारे जानकारी दिन सोमबार आयोजना गरेको पत्रकार सम्मेलनमा नमस्ते पेको परीक्षण हाल अन्तिम चरणमा रहेको जानकारी दिएको हो । टेलिकमका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारीले नमस्ते पेको […]
सरकारले ४० जना निजामती सेवाका कर्मचारीलाई पुरस्कृत गर्ने

काठमाडौँ, २१ भदौ । सरकारले निजामती सेवा दिवसका अवसरमा ४० जना कर्मचारीहरूलाई पुरस्कृत गर्ने भएको छ । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले यस वर्षको निजामती सेवा दिवसका अवसरमा मंगलबार ४० जना कर्मचारीलाई पुरस्कृत गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवम् कानूनमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए । मंगलबार ‘व्यवसायिक र सिर्जनशील प्रशासन : विकास, संमृद्धि र सुशासन’ भन्ने […]
२०७८ भदौ २१ गते सोमबारको कायाकैरन दैनिक (E-Paper)
आज मुलुकका अधिकांश ठाउँमा भारी वर्षा हुने

भरतपुर, २१ भदौ । अहिले देशमा उत्तरपश्चिम बंगालको खाडीमा अवस्थित न्युन चापिय क्षेत्रको प्रभाव रहेको छ । आज दिउँसो मुलुकका अधिकांश भागमा सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १, बाग्मती, गण्डकी र लुम्विनी प्रदेशका केही स्थानमा मेघ गर्जन र चट्याङ्गसहित ठूलो वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले […]
देउवाले बोलाए शीर्ष नेतालाई बालुवाटार

भरतपुर, २१ भदौ । प्रधानमन्त्री एवं नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले पार्टीका शीर्ष नेताहरूको बैठक बोलाएका छन् । बैठक बिहान साढे ८ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । बैठकमा वरिष्ठ नेता रामचन्द्र पौडेल, कृष्ण सिटौला, महामन्त्री शशांक कोइरालासहितका नेताहरू सहभागी हुनेछन् । सभापति देउवाले हतारमा निर्वाचन निर्देशिका निर्माण गर्दा प्रतिनिधित्वको विषय […]
विश्वकप फुटबल छनौट अन्तर्गत ब्राजिल र अर्जेन्टिनाको खेल रद्द

भरतपुर, २१ भदौ । विश्वकप फुटबल छनौट अन्तर्गत ब्राजिल र अर्जेन्टिनाबिचको खेल रद्द गरिएको छ । ब्राजिलमा खेल सुरु भएको ५ मिनेटमै स्वास्थ्य अधिकारीहरुको आग्रहमा खेल रोकिएको हो । अर्जेन्टाइनी टोलीका ४ खेलाडीले क्वारेन्टीनको नियम तोडेको प्रमाणित भएपछि खेल रद्द गरिएको हो । इंग्लीश प्रिमियर लिगमा आवद्ध यी चार खेलाडीहरु अनिवार्य क्वारेन्टीनमा बस्नुपर्ने थियो । […]
विद्यालय खोल्न हतार नगरौँ

कोरोना भाइरस संक्रमणको दोस्रो लहर आउनुपूर्व संक्रमितको संख्यामा कमी आएको थियो अहिलेजस्तै । के अहिले संक्रमितको संख्या घट्दै जानुले तेस्रो लहरको संकेत गरेको हो ? यसै भन्न सकिने अवस्था छैन । कोरोना संक्रमितको संख्या दिनहुँ घटिरहेको अहिलेको अवस्था आँधी आउनुपूर्वको सन्नाटा जस्तै हुन सक्छ । त्यसैले अर्थतन्त्रका अरु क्षेत्र खुल्ला गरिएजस्तो विद्यालय क्षेत्र खोल्न भने […]
पशुपतिनाथ मन्दिर असोज १ देखि खुल्ने

भरतपुर, २१ भदौ । हिन्दू धर्मावलम्बीको आस्थाको केन्द्र पशुपतिनाथ मन्दिर असोज १ गतेदेखि खुल्ने भएको छ । साढे चार महिनापछि मन्दिर खुल्न लागेको हो । पशुपति क्षेत्र विकास कोषले स्वास्थ्य मापदण्ड पूरा गरी भक्तजनका लागि मन्दिर खोल्ने निर्णय गरेको हो । कोषका सदस्यसचिव डा. मिलनकुमार थापाले असोज १ गतेदेखि मन्दिर खोल्न लागेको जानकारी दिए । […]