भरतपुर, २१ भदौ ।
नेपाल टेलिकमले डिजिटल भुक्तानी सेवा प्रदान गर्ने कम्पनी ‘नमस्ते पे’को व्यावसायिक सञ्चालन यही भदौ महिनाभित्र सुरु गर्ने तयारी भइरहेको जानकारी दिएको छ ।
टेलिकमले वार्षिक कार्यक्रमबारे जानकारी दिन सोमबार आयोजना गरेको पत्रकार सम्मेलनमा नमस्ते पेको परीक्षण हाल अन्तिम चरणमा रहेको जानकारी दिएको हो ।
टेलिकमका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारीले नमस्ते पेको व्यावसायिक सञ्चालन गर्न हाल परीक्षण कार्य अन्तिम चरणमा रहेको बताए ।
‘नमस्ते पे’ नेपाल टेलिकमको ६२ प्रतिशत र राष्ट्रिय वाणिज्य बैंकको ३८ प्रतिशत लगानी रहने गरी स्थापना गरिएको हो । जसमा टेलिकमले २५ करोड ८८ लाख र वाणिज्य बैंकले १५ करोड ११ लाख रुपैयाँ लगानी गरेको जानकारी दिइएको छ ।




