भरतपुर , २१ भदौ ।
प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन एकाई चितवनको वार्षिक कार्यक्रम सार्वजनिक गरिएको छ । परियोजना कार्यान्वयन एकाइ चितवनले कृषि ज्ञान केन्द्र चितवनको कार्यालयमा सोमबार कार्यक्रम सार्वजनिक गरेको हो ।
परयोजनाका लागि चितवनमा चालु आर्थिक वर्ष २०७८÷७९ को लाागि १५ करोड ३२ लाख रुपैयाँ बजेट बराबरको कार्यक्रम सार्वजनिक गरिएको छ । जोन विकास कार्यक्रमतर्फ संघीय सरकारबाट आठ करोड २० लाख रुपैयाँ बजेट बिनियोजन गरिएको छ । ब्लक विकास कार्यक्रमतर्फ प्रदेश सरकारको तर्फबाट ३ करोड ७१ लाख र स्थानिय सरकारबाट पकेट विकास कार्यक्रम अन्र्तगत तीन करोड ४१ लाख रुपैयाँ बिनियोजन गरिएको छ ।
प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना एकाई चितवनका वरिष्ठ कृषि अधिकृत विनोदकुमार भट्टराईका अनुसार परियोजनाले यो आर्थिक वर्षमा जिल्लामा सञ्चालित चार वटा कृषि जोन कार्यक्रमलाई प्राथमिकतामा राखेको छ । लागत घटाउँदै उत्पादन वृद्धि गर्नका लागि कृषिमा आधुनिकीकरण र यान्त्रिकीकरणमा जोड दिई सिकाई केन्द्र, भण्डारण र बजारीकरणका कार्यक्रम विशेष प्राथमिकतामा राखेर ल्याइएको उनले बताए ।
तरकारी जोनलाई ९३ लाख
प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन एकाई चितवनद्वारा भरतपुर महानगरपालिका ४ देखि ९ र ११ देखि २८ नम्बर वडासम्म सात सय ६९ हेक्टर क्षेत्रफलमा तरकारी जोन कार्यक्रम सञ्चालित छ । यो कार्यक्रमको लागि ९३ लाख बजेट बराबरको विभिन्न कार्यक्रम सार्वजनिक गरिएको छ ।
तरकारी बजार प्रवद्र्धन सहयोगका लागि ४५ लाख रुपैयाँ छुट्याइएको छ । सहभागितात्मक कृषि प्रविधि सिकाई तथा प्रदर्शनी केन्द्रको लागि २० लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ । जोन र सुपरजोन क्षेत्रमा कृषि आधुनिकीकरण यान्त्रिकीकरण सहयोगमा १५ लाख रुपैयाँ छुट्याइएको छ । गाजर खेती जातीय उत्पादन प्रदर्शन, प्राङ्गारिक तरकारी उत्पादन र बजार प्रवद्र्धन लगायतका कार्यक्रम सार्वजनिक गरिएको छ ।
केरा जोनलाई ९९ लाख
चितवनको भरतपुर, कालिका, खैरहनी र रत्ननगरपालिलकाको एक हजार पाँच सय बीस हेक्टर क्षेत्रफलमा केरा जोन कार्यक्रम लागु रहेको छ । यो कार्यक्रमको लागि मात्रै ९९ लाख २० हजार रुपैयाँ बजेट ल्याइएको छ । केरा पकाउने प्रविधि ९राइपेनिङ च्याम्बर० निर्माण सहयोगका लागि ४० लाख रुपैयाँ बजेट बिनियोजन गरिएको कृषि अधिकृत इन्द्र ढुङ्गानाले बताए ।
यो प्रविधि निर्माणका लागि किसानसँगै व्यवसायीले पनि प्रस्ताव दिन पाउनेछन् । राइपेनिङ च्याम्बर बिनाकेमिकल केरा पकाउने प्रविधि हो । यो प्रविधिबाट ४५ मेट्रिक टनसम्म केरा एकैचोटी पकाउन सकिन्छ । विषादी हालेर हरियो जातको केरा पकाउँदा भेट्नो कुहिने समस्या हुन्छ । राइपेनिङ च्याम्बरबाट केरा पकाउँदा यस्तो समस्या हट्ने र विषादीरहित भएकोले स्वास्थ्यवद्र्धक पनि हुने ढुङ्गानाले बताए ।
धान जोनलाई एक करोड ३१ लाख
धान जोन कार्यक्रम चितवनको रत्ननगर, राप्ती र खैरहनी नगरपालिकाको आठ हजार पाँच सय ४० हेक्टरमा लागु छ । यो कार्यक्रमका लागि एक करोड ३१ लाख रुपैयाँ बजेट बिनियोजन गरिएको छ ।
धान जोनका लागि विशेषगरी कस्टम हायरिङ्ग सेन्टर २ वटा निर्माणको लागि ३० लाख, सहभागितात्मक कृषि प्रविधि सिकाई तथा प्रदर्शनी केन्द्रको लागि ५० लाख रुपैयाँ विनियोजन गरिएको छ । धान जोन अन्तर्गतका कार्यक्रममा सिँचाई पूर्वाधार निर्माण तथा मर्मत सम्भार, बीउ उत्पादन सहयोग लगायतका कार्यक्रम ल्याइएको छ ।
मौरी जोनलाई ४५ लाख
परियोजनाको मौरी जोन कार्यक्रमका लागि चालु आर्थिक वर्ष २०७८ ७९ को लागि ४५ लाख बजेट बराबरको कार्यक्रम सार्वजनिक भएको छ । यो कार्यक्रमको लागि मौरी घार वितरण, जोन÷सुपरजोन क्षेत्रमा कृषि यान्त्रिकीकरण सहयोग, महको प्याकेजिङ् तथा ब्रान्डिङ सहयोग लगायतका कार्यक्रम अगाडि सारिएको छ ।
परियोजनाले सिक र कमाऊ शीर्षक अन्तर्गत प्राविधिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई प्राविधिक शिक्षालयको साझेदारीमा व्यावसायिक उत्पादन कार्यक्रमलाई पनि प्राथमिकतामा राखेको छ । यो कार्यक्रमका लागि २० लाख बजेट विनियोजन गरिएको छ । परियोजनाले माटो सुधार तथा व्यवस्थापन कार्यक्रमका लागि ४ लाख रुपैयाँ बजेट छु्ट्याएको छ ।
परियोजना प्रमुख विनोदकुमार भट्टराईले कार्यक्रम सार्वजनिक गरेका हुन् । कार्यक्रममा जिल्ला समन्वय समिति प्रमुख कृष्णकुमार डल्लाकोटी, भेटेनेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र चितवनका प्रमुख डा। दयाराम चापागाई, कृषि ज्ञान केन्द्र चितवनका प्रमुख युवराज पाण्डे, विभिन्न पालिकाका कृषि शाखा प्रमुख लगायतको सहभागिता रहेको थियो ।




