चितवनमा पनि कक्षा १२ का विद्यार्थीले लगाए खोप (तस्बिरहरू)

भरतपुर, १० भदौ ।

चितवन जिल्लामा कक्षा १२ मा अध्ययनरत विद्यार्थीहरूले कोरोना भाइरस विरुद्धको खोप लगाएका छन् । जिल्लामा बुधबार र बिहीबार १८ वर्ष पुगेका कक्षा १२ का विद्यार्थीलाई पहिलो मात्राको भेरो सेल खोप दिइएको हो । राष्ट्रिय परीक्षा बोर्डद्वारा लिइने शैक्षिक सत्र २०७७/७८ को कक्षा १२ को बोर्ड परीक्षमा सहभागी हुन लागेका विद्यार्थीलाई खोपको पहिलो मात्रा दिइएको हो ।

विद्यार्थीहरूले खोप लगाउन आउँदा प्रवेश पत्र तथा उमेर खुल्ने कागजात साथै ल्याएका थिए । कतिपय परीक्षार्थीहरू १८ वर्ष नपुगेका हुनाले उनीहरूले खोप भने लगाउन पाएनन् ।

दुई दिनमा जिल्लाभर ८ हजार १११ जना परीक्षार्थीले पहिलो मात्राको खोप लगाएको स्वास्थ्य कार्यालय चितवनले जनाएको छ । तीमध्ये २ हजार ८६० छात्रा परीक्षार्थी हुन् भने बाँकी २ हजार ७८१ छात्र हुन् ।

सामान्य अवस्थामा वैशाख महिनाको दोस्रो हप्तामा सुरु हुने गरेको कक्षा १२ को बोर्ड परीक्षा कोरोना भाइरस महामारीका कारण पछाडि सरेको हो । परीक्षा दशैँ अगाडि नै गराउने भनिएको भएपनि परीक्षाको तालिका अझै पनि सार्वजनिक भइसकेको छैन ।

तस्बिर : शिव गौतम ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट