अफगानिस्तानको राजधानी काबुलस्थित अन्तर्राष्ट्रिय विमानस्थल बाहिर आत्मघाती बम विस्फोट

रोयटर्स, १० भदौ । अफगानिस्तानको राजधानी काबुलस्थित हामिद कार्जाइ अन्तर्राष्ट्रिय विमानस्थल बाहिर आत्मघाती बम विस्फोट गराइएको छ । अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार बिहीबार साँझ आत्मघाती बिस्फोट भएको हो । बिस्फोटमा परी हालसम्म १३ जनाको मृत्यु भएको दाबी गरिएको छ। मृत्यु हुनेमा बालबालिका पनि रहेको हुनसक्ने आशंका गरिएको छ । रोयटर्सका अनुसार विमानस्थलको मुख्य प्रवेशद्वारको केही […]

चितवनमा पनि कक्षा १२ का विद्यार्थीले लगाए खोप (तस्बिरहरू)

भरतपुर, १० भदौ । चितवन जिल्लामा कक्षा १२ मा अध्ययनरत विद्यार्थीहरूले कोरोना भाइरस विरुद्धको खोप लगाएका छन् । जिल्लामा बुधबार र बिहीबार १८ वर्ष पुगेका कक्षा १२ का विद्यार्थीलाई पहिलो मात्राको भेरो सेल खोप दिइएको हो । राष्ट्रिय परीक्षा बोर्डद्वारा लिइने शैक्षिक सत्र २०७७/७८ को कक्षा १२ को बोर्ड परीक्षमा सहभागी हुन लागेका विद्यार्थीलाई खोपको […]

रामेश्वर पुस्तकालयमा कला उत्सव

भरतपुर, १० भदौ । रामेश्वर पुस्तकालयले दुई दिने कला उत्सव सम्पन्न गरेको छ । `सवल समाजको आधार, सार्वजनिक पुस्तकालयको विकास र बिस्तार´ भन्ने मूल नाराका साथ १४औँ पुस्तकालय दिवसका सन्दर्भमा रामेश्वर पुस्तकालयमा तथा वाचनालयमा भदौ ७ र ८ गते २ दिने ‘रामेश्वर कला उत्सव’ गरिएको हो । पुस्तकालयले `हामी कलाकार´ समूहसित सहकार्य गर्दै पुस्तकालय परिसरमा […]

सेकुगे र विरनद्धिप चितवन टाइगर्समा

भरतपुर, १० भदौ । श्रीलंकाका अन्तर्राष्ट्रिय खेलाडी सेकुगे प्रसन्न र मलेसियाका वीरनद्धिप सिंहले चितवन टाइगर्सबाट बजाज पल्सर एभरेष्ट प्रिमियर लिग (इपिएल) मा प्रतिस्पर्धा गर्ने भएका छन् । इपिएलको अगामी संस्करण असोज ९ गते देखि त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुदैंछ । सटिक लेग स्पिनर सेकुगेसँग श्रीलंकाबाट १ टेस्ट, ४० एकदिवसीय अन्तर्राष्ट्रिय र २० ट्वान्टी–२० अन्तर्राष्ट्रिय खेलेको […]

मुलुकको सार्वजनिक ऋणको आकार बजेटभन्दा ठूलो, एक नेपालीको थाप्लोमा साढे ५७ हजार ऋण

भरतपुर, १० भदौ । मुलुकको सार्वजनिक ऋण बढेर वार्षिक बजेटको आकार भन्दा पनि ठूलो बन्न पुगेको छ । नेपाल राष्ट्र बैङ्कका अनुसार गत आर्थिक वर्ष २०७७/७८ को अन्तसम्ममा यस्तो सार्वजनिक ऋण बढेर १७ खर्ब २८ अर्ब २५ करोड पुगेको हो । जबकि हालको मुलुकको बजेटको आकार जम्मा साढे १४ खर्ब बराबरको मात्र हो । बैङ्कका […]

दैनिक पाँच लाख जनालाई खोप लगाउने सरकारको योजना

भरतपुर, १० भदौ । स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री उमेश श्रेष्ठले दैनिक पाँच लाख जनालाई खोप लगाउने योजना रहेको बताएका छन् । प्रतिनिधिसभा, शिक्षा तथा स्वास्थ्यसमितिको बिहिवारको बैठकमा उनले दैनिक तीन लाख व्यक्तिले कोरोनाविरुद्धको खोप लगाइरहेको जानकारी दिए । “खोप लगाउने कार्य तीब्र जारी छ , दैनिक पाँच लाखलाई खोप लगाउने योजना छ”, उनले भने । […]

एक वर्षमा साढे ६९ प्रतिशतले बढ्यो पेट्रोलियम पदार्थको मूल्य

भरतपुर, १० भदौ । नेपाल राष्ट्र बैंकले गएको एक वर्षमा ६९.५ प्रतिशतले पेट्रोलियम पदार्थको मूल्य वृद्धि हुँदा १.१ प्रतिशतले मात्र सुनको मूल्य वृद्धि भएको जनाएको छ । बिहीबार गत आर्थिक वर्ष २०७७/७८ को वार्षिक रिर्पोट सार्वजनकि गरेको बैंकले एक वर्षमा अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य ६९.५ प्रतिशतले वृद्धि भएर प्रति ब्यारेल ७४.५३ अमेरिकी डलर पुगेको […]

बेलायतबाट आइपुग्यो एक लाख ३१ हजार एस्ट्राजेनेका खोप

भरतपुर, १० भदौ । बेलायत सरकारले नेपाललाई उपलब्ध गराएको एस्ट्राजेनेका खोप नेपाल आइपुगेको छ । कतार एयरको विमानबाट अपरान्ह पौने पाँच बजे एक लाख ३१ हजार २०० डोज स्ट्राजेनेका खोप नेपाल आइपुगेको हो । ‘खोप भोलि आउने कुरा थियो तर फेरि आजै साँझ आयाे,’ व्यवस्थापन महाशाखाका आपूर्ति शाखा प्रमुख उपेन्द्र ढुंगानाले भने । उक्त खोप […]

छायादेवि चेतनाथ गजल पुरस्कार अञ्जलिको `हरियो ऐना´लाई

भरतपुर, १० भदौ । छायादेवी चेतनाथ गजल पुरस्कार- २०७७ गजलकार पुष्प अधिकारी अञ्जलिको गजलसंग्रह `हरियो ऐना´ ले पाउने भएको छ । पुरस्कारका संयोजक अच्युत घिमिरेले सामाजिक संजालमार्फत अञ्जलिको `हरियो ऐना´लाई पुरस्कृत गरिएको जानकारी गराएका छन् । पुरस्कृत अञ्जलि हाम्रो मझेरी साहित्य प्रतिष्ठान चितवनका अध्यक्ष हुन् । ३ दशक अगाडिदेखि सक्रिय साहित्यिक पत्रकारिता गरेका अञ्जलि नवसर्जक […]

माडीमा पुल निर्माणमा ढिलाइ हुँदा सास्ती

चितवन, १० भदौ । हुलाकी सडकअन्तर्र्गत माडीमा निर्माणाधीन १० वटा पुलको निर्माणमा ढिलाइ भएको छ । विभिन्न समयमा ठेक्का सम्झौता भई काम थालिएकोमा म्याद सकिन लाग्दासमेत कामले गति लिन सकेको छैन । पुल निर्माण नहुँदा यस सडकमा यात्रा गर्ने माडी र ठोरीवासी प्रत्यक्ष रुपमा प्रभावित भएका छन् । माडी नगरपालिकामा खहरे खोला नागदबेली भएर घुमेका […]

प्रदेश नं १ को मुख्यमन्त्रीमा आचार्य

मोरङ, १० भदौ। नेकपा (एमाले) संसदीय दलका नेता भीमप्रसाद आचार्य प्रदेश नं १ को मुख्यमन्त्रीमा नियुक्त भएका छन्। उनले आजै मुख्यमन्त्री पदको पद तथा गोपनीयताको शपथ लिएका छन् । उनलाई प्रदेश प्रमुख सोमनाथ अधिकारी ‘प्यासी’ ले नेपालको संविधानको धारा १६८ (१) बमोजिम पद तथा गोपनीयताको शपथ गराएका हुन् । सो अवसरमा निवर्तमान मुख्यमन्त्री शेरधन राई, […]

जनगायक जेबी टुहुरेको निधन

भरतपुर, १० भदौ । जनगायक जेबी टुहुरेको निधन भएको छ । कलंकीस्थित घरमा एक्कासी लडेपछि ७८ वर्षीय टुहुरेलाई मंगलबार बल्खुस्थित बयोधा अस्पताल भर्ना गरिएको थियो । आज दिउँसो १२ः३० बजे डाक्टरले मृत घोषणा गरेको उनको परिवारजनले जनाएको छ । उनको आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिनेछ । अहिले १ः३० देखि २ः३० बजेसम्म नेकपा माओवादी केन्द्रको केन्द्रीय […]

प्रदेश- १ को मुख्यमन्त्री भीम आचार्य बन्दै

भरतपुर, १० भदौ । प्रदेश – १ का मुख्यमन्त्री शेरधन राईले राजीनामा दिने तयारी गरेका छन् । बुधबार एमाले अध्यक्ष केपी शर्मा ओली निवास बालकोटमा भएको सहमति अनुसार मुख्यमन्त्री शेरधन राईले राजीनामा दिने तयारी गरेका हुन् । आज दिउँसोसम्ममा मुख्यमन्त्री शेरधन राईले राजीनामा दिने स्रोतले जनाएको छ। मुख्यमन्त्री शेरधन राईले राजीनामा दिएसँगै प्रदेश- १ को […]

दुई दलले प्रमाणपत्र पाएसँगै सत्ता गठबन्धन बहुमतमा

भरतपुर, १० भदौ । माधव नेपालले एमाले विभाजन गरेर नयाँ पार्टी एकीकृत समाजवादी बनाएसँगै सत्ता गठबन्धनलाई बहुमत पुगेको छ । नेपालसँग प्रतिनिधिसभाका २३ जना सांसद छन् । एमालेमै रहेको अवस्थामा नेपाल पक्षका २२ जनाले शेरबहादुर देउवालाई बहुमत पुर्‍याइदिएका थिए । अब प्रतिनिधिसभामा सत्ता गठबन्धनसँग कांग्रेसको ६३, माओवादीको ४९, एकीकृत समाजवादीको २३ र जसपाको २१ सहित […]

पहिले खोप अनि परीक्षा

विश्वव्यापी महामारी कोरोना भाइरस (कोभिड १९) बाट बच्ने एकमात्र प्रभावकारी उपाय भनेको सबैलाई कोरोनाविरुद्धको खोप दिइनु नै हो । १८ वर्षभन्दा मुनिकालाई खोपको विकास नभइसकेको वर्तमान अवस्थामा १८ वर्षमाथिका सबैलाई खोपको पहुँचमा ल्याउनु नै सरकारको प्राथमिकता बन्नु पर्छ । यही तथ्यलाई मनन् गर्दै कक्षा १२ मा अध्ययनरत विद्यार्थीलाई बुधबारदेखि कोरोना भाइरस विरुद्धको पहिलो मात्राको खोप […]