सरकारलाई सफल बनाउन प्रचण्डको नेता-कार्यकर्ताहरुसँग आग्रह

भरतपुर, २९ साउन ।
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकारलाई सफल बनाउने अभियानमा केन्द्रित हुन पार्टीका नेता तथा कार्यकर्तासँग आग्रह गरेका छन् ।

पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा शुक्रबार स्थायी समिति बैठकमा उनले प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको वाम–लोकतान्त्रिक सरकारलाई सफल बनाउन आगामी चार महिना केन्द्रित हुन पार्टीका नेता-कार्यकर्तासँग आग्रह गरेका हुन् ।

बैठकले शनिबार सुरु हुने केन्द्रीय समिति बैठकमा अध्यक्ष दाहालले राजनीतिक तथा सांगठानिक प्रतिवेदन पेश गर्ने निर्णय पनि गरेको छ ।

प्रवक्ता नारायणकाजी श्रेष्ठले भने, ‘राजनीतिक रुपमा वाम–लोकतान्त्रिक सहकार्यको सरकारलाई सफल बनाउन, संविधानको रक्षा र कार्यान्वयन गर्न, अरु सबै प्रकारका राष्ट्रियतालाई कमजोर पार्ने प्रवृत्ति विरुद्धको संघर्षलाई अघि बढाउने दिशामा अघि बढ्न अध्यक्ष कमरेडले निर्देशन दिनु भएको छ । शनिबारको बैठकमा अध्यक्ष कमरेडले राजनीतिक तथा सांगठानिक प्रतिवेदन पेस गर्नुहुनेछ ।’

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट