सरकारलाई सफल बनाउन प्रचण्डको नेता-कार्यकर्ताहरुसँग आग्रह

भरतपुर, २९ साउन । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकारलाई सफल बनाउने अभियानमा केन्द्रित हुन पार्टीका नेता तथा कार्यकर्तासँग आग्रह गरेका छन् । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा शुक्रबार स्थायी समिति बैठकमा उनले प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको वाम–लोकतान्त्रिक सरकारलाई सफल बनाउन आगामी चार महिना केन्द्रित हुन पार्टीका नेता-कार्यकर्तासँग आग्रह गरेका हुन् । बैठकले शनिबार सुरु […]
प्रहरी निरीक्षकको मृत्युबारे छानविन गर्न समिति गठन
भरतपुर, २९ साउन । मोटरसाइकलको ठक्करबाट प्रहरी निरीक्षक कपिल वाग्लेको मृत्यु भएको घटनाका सन्दर्भमा छानविन गर्न गृह मन्त्रालयले एक समिति गठन गरेको छ । उक्त दुर्घटनाका सन्दर्भमा स्थलगत अध्यन गरी सत्यतथ्य छानविन गर्न गृहमन्त्रीस्तरीय निर्णयले मन्त्रालयका सहसचिव सुनिल खनालको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गरेको हो । समितिमा राष्ट्रिय अनुसन्धान विभागका निर्देशक लक्ष्मण गुरुङ र […]
काँग्रेसका २२ आमन्त्रित केन्द्रीय सदस्यले दिए सामूहिक राजीनामा

भरतपुर, २९ साउन । नेपाली काँग्रेसका २२ केन्द्रीय सदस्यले आफूहरुलाई पार्टीले क्षेत्रीय सभापति वा अन्य केन्द्रीय सदस्यसरह व्यवहार नगरेको भन्दै राजीनामा दिएका छन् । उनीहरुले कम्तिमा पनि आफूहरू एक कार्यकाल महाधिवेशन प्रतिनिधि स्वतः हुनुपर्ने माग गरेका छन् । विधानको व्यवस्थामा असहमति जनाउँदै कांग्रेसका २२ आमन्त्रित केन्द्रीय सदस्यले राजीनामा दिएका हुन् । महासमिति बैठकले गरेको निर्णय […]
प्रधानाध्यापकको खुर्सानी खेती, करोड आम्दानी गर्ने योजना

पाल्पा, २९ साउन । सरकारी कर्मचारी अन्य पेशा तथा व्यवसायमा आवद्ध हुँदैनन् । सरकारी काममा नै समय बिताउने अधिकांश कर्मचारी साँझ-बिहान अध्ययन तथा घरायसी काम गर्न रुचाउँछन् तर जिल्लाको रिब्दीकोट गाउँपालिका-७, मैनादीमा जनक आचार्य शिक्षण पेशासँगै व्यावसायिक खुर्सानी खेतीमा पनि व्यस्त छन् । घर नजिकैको प्रभात माध्यमिक विद्यालयको उनी प्रधानाध्यापक हुन् । दुई सय रोपनी […]
मौद्रिक नीति: मर्जरमा जाने बैंक तथा वित्तीय संस्थाले पाउनेछन् यी सुविधा

काठमाडौँ, २९ साउन । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई एकआपसमा गाभिनका लागि विभिन्न नौ प्रकारका सुविधा दिने भएको छ । सबल बैंक तथा वित्तीय संस्था स्थापना गर्ने लक्ष्यका साथ हाल सञ्चालनमा रहेका संस्थालाई एकआपसमा गाभिनका लागि प्रोत्साहन गर्ने नीति अगाडि सारिएको हो । निजी क्षेत्रको अग्रणी बैंक, हिमालयन बैंक र इन्भेष्टमेन्ट बैंक एकआपसमा […]
वृद्धवृद्धा र अशक्त नागरिकलाई घरमै गएर खोप लगाउन सरकारलाई सर्वाेच्चको आदेश

काठमाडौँ, २९ श्रावण । कोरोना भाइरस विरुद्धको खोप लगाउनका लागि खोप केन्द्रमा आउन नसक्ने वृद्धवृद्धा र अशक्त नागरिकलाई तिनको घरमै गएर खोप लगाउन सरकारलाई सर्वोच्चले आदेश दिएको छ । अधिवक्ता प्रवेश केसीले दायर गरेको रिट निवेदनमा शुक्रबार सुनुवाइ गर्दै न्यायाधीश प्रकाशकुमार ढुंगानाको इजलासले उक्त अन्तरिम आदेश दिएको हो । “खोप केन्द्रमा जान असमर्थ ज्येष्ठ नागरिक, […]
नहर्की परिवारलाई वडाध्यक्ष उप्रेतीद्वारा किरिया खर्च

राप्ती, २९ साउन । राप्ती नगरपालिका वडा नम्बर २ निवासी स्व.मिनकुमारी नहर्कीको परिवारलाई किरिया खर्च प्राप्त भएको छ । निम्नवर्गीय नहर्की परिवारलाई किरिया खर्च बापत बापत १० हजार रुपैयाँ प्राप्त भएको हो । उक्त रकम वडाध्यक्ष श्यामसुन्दर उप्रेतीले हस्तान्तरण गरेका हुन् । यसअघि पनि आफूले पाउने सेवा सुविधाबाट खर्च दिँदै आएका वडाध्यक्ष उप्रेतीले यसपाली पनि […]
पछिल्लो २४ घण्टामा देशभर ३,९१५ संक्रमित थपिए, २७ जनाको मृत्यु

काठमाडौं,२९ साउन । नेपालमा पछिल्लो २४ घण्टाको अवधिमा ३ हजार ९१५ जनामा कोरोना पुष्टि भएको छ । यो अवधिमा १८ हजार ५८२ नमुनाको पीसीआर तथा एन्टिजेन विधिबाट परीक्षण गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । त्यस्तै आज २ हजार ११८ जना संक्रमणमुक्त भएका छन् । योसँगै कोरोनामुक्त हुर्नेको संख्या ६ लाख ७९ हजार ४९५ पुगेको छ […]
कोभ्याक्स मार्फत नेपालले मोडर्नाको ४० लाख खोप पाउने

भरतपुर, २९ साउन । कोभ्याक्समार्फत नेपालले मोडर्ना खोपको ४० लाख मात्रा पाउने भएको छ । कोभ्याक्ससँगको लागत साझेदारीमार्फत विश्व बैङ्कको वित्तीय सहयोगमा मोर्डना खोपको ४० लाख मात्रा खरिद गर्नका लागि जीएभिआइसँग सम्झौता गर्ने नेपाल विश्वकै दोस्रो देश बनेको छ । यस सम्झौतासँगै नेपालको कोभिड-१९ विरुद्धको खोपको पुँजीको विविधीकरण र सुदृढीकरण भएको छ । ‘कोभ्याक्स लागत […]
कोरोना महामारीले रोजगारी गुमाएकालाई १५ लाख रुपैयाँसम्म कर्जा

काठमाडौं २९ साउन । नेपाल राष्ट्र बैंकले कोभिड-१९ का कारण पर्यटन क्षेत्रमा रोजगारी गुमाएका व्यक्ति स्वरोजगार हुने गरी व्यवसाय सञ्चालन गर्न प्रवाह हुने १५ लाख रुपैयाँसम्मको कर्जा दिन सक्ने व्यवस्था गरेको छ । यस्तो कर्जालाई विपन्न वर्ग कर्जामा गणना गर्न सकिने व्यवस्था मिलाइने राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले जानकारी दिए ।ऋणी स्वयम् रोजगार हुने उद्देश्यले […]
यस्तो छ मौद्रिक नीतिको पूर्णपाठ

काठमाडौँ, २९ श्रावण । नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०७८/७९ को मौद्रिक नीति सार्वजनिक गरेको छ । गभर्नर महाप्रसाद अधिकारीले शुक्रबार नीति सार्वजनिक गरेका हुन् । अधिकारीद्वारा प्रस्तुत मौद्रिक नीतिको पूर्णपाठ यस्तो रहेको छ ।
चालु आर्थिक वर्षमा मूल्य वृद्धिदर ६.५ प्रतिशत हुने

भरतपुर, २९ साउन । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षमा मूल्य वृद्धिदर ६.५ प्रतिशत कायम हुने अनुमान गरेको छ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले चालु आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक गर्दै यस्तो अनुमान सार्वजनिक गरेका हुन् । चालु आर्थिक वर्षमा निजी क्षेत्रतर्फ कर्जाको वृद्धिदर १९ प्रतिशत हुने अनुमान नीतिमा गरिएको छ ।
आलमको मुद्दा ‘हेर्न नमिल्ने’

काठमाडौँ, २९ साउन । नेपाली कांग्रेसका निलम्बित सांसद मोहम्मत अफ्ताव आलमको मुद्दा सर्वाेच्च अदालतले हेर्न नमिल्नेमा राखेको छ । न्यायाधीश प्रकाशमानसिंह राउत र कुमार रेग्मीको संयुक्त इजलासमा सुनुवाइ हुने भनिएको आलमको मुद्दा सर्वाेच्चले हेर्न नमिल्नेमा राखेको हो । आलमविरुद्ध विस्फोटक पदार्थ बम प्रयोग गरी ज्यान मारेको अभियोगमा मुद्दा चलिरहेको छ । २७ चैत २०६४ मा […]
२०७८ साउन २९ गते शुक्रबारको कायाकैरन दैनिक (E-Paper)
२०७८ साउन २८ गते बिहीबारको कायाकैरन दैनिक (E-Paper)
जर्मनीको एक खोप केन्द्रबाट कोरोना खोपको सट्टा सलाइन पानी दिइएको आशंका

बीबीसी, भरतपुर, २९ श्रावण । जर्मनीको एक खोप केन्द्रमा स्वास्थ्यकर्मीले कोभिड-१९ विरुद्धको खोपको साटो सलाइन पानी दिएको शङ्कापछि त्यहाँका अधिकारीहरूले ८ हजार भन्दा बढी मानिसलाई खोप दोहोर्याउन आग्रह गरेका छन्। नर्थ सी नजिकै फ्रिसल्यान्डस्थित खोप केन्द्रमा भएको उक्त घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको बीबीसीले उल्लेख गरेको छ। घटनाबारे सार्वजनिक हुँदा गत मार्च र अप्रिलमा खोप […]
साँघु तर्ने क्रममा नदीमा खसेर दुई बेपत्ता

सिमकोट, २९ साउन । काठको साघुँ तर्नेक्रममा चिप्लिएर नदीमा खस्दा दुई जना बेपत्ता भएका छन् । बेपत्ता हुनेमा ४२ वर्षीय जस्या रावल र १६ वर्षीया सुनिता रावल छन् ।हुम्लाको खार्पुनाथ गाउँपालिका वडा नम्बर २ थाली र बाजुराको कवाडी सीमाक्षेत्रमा अवस्थित यार्बाबाट उनीहरु बेपत्ता भएका जनाइएको छ । उनीहरु बाजुराको वन क्षेत्रमा जडीबुडी सङ्कलन गर्न जानेक्रममा […]
तालिबानद्वारा शुक्रबार थप दुई सहर कब्जा गरेको दाबी

काबुल, २९ साउन । अफगानिस्तानमा एकपछि अर्को गरी यहाँका सहरहरु कब्जा गरिरहेको तालिबान लडाकुहरुको समूहले अफगानिस्तानको दोस्रो ठूलो सहर कान्दहार पनि कब्जा गरेको जनाएको छ । शुक्रबार बिहान उनीहरुले सो कुरा सार्वजनिक गरेका हुन् । आज उनीहरुले अफगानिस्तानको कान्दाहार र लस्कार गाह सहर पनि आफूले नियन्त्रणमा लिएको दाबी गरेका हुन् । यस सहर नियन्त्रणमा लिएर […]
अत्यधिक वर्षाका कारण चीनमा थप २१ को मृत्यु, चार बेपत्ता

वुहान, २९ साउन। चीनको मध्य भागमा अत्यधिक वर्षाका कारण कम्तीमा २१ जनाको मृत्यु भएको छ । वर्षाका कारण भएका प्रकृतिक विपत्तिका घटनाहरुमा परी अरू चारजना अहिले पनि हराइरहेका अधिकारीहरुले जनाएका छन् । चीनको मध्य भागमा पर्ने हुबेई प्रान्तमा बुधबारदेखि बिहीबारसम्म ठूलो वर्षा भएको र त्यसले मानवीय क्षति गरेको अधिकारहरुले शुक्रबार जानकारी दिएका छन् । वर्षाका […]
प्रहरी भन्दै कुटपिट गरी रकम असुल्ने दुई पक्राउ

बनियानी, २९ साउन। ‘प्रहरी हुँ’ भन्दै कुटपिट गरी रकम असुल्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । कनकाई नगरपालिका–७ का ४० वर्षीय विकास उप्रेती र बिर्तामोड नगरपालिका–३ का ३२ वर्षीय टीका खत्रीलाई बिहीबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक राकेश थापाले जानकारी दिए । बिर्तामोड–५ की नयनसरी राजवंशीको घरमा गएर यही […]
लुम्बिनी सरकारले मिर्गौला, क्यान्सर र मटु रोगीलाई रु दुई लाख सहयोग गर्ने

रुपन्देही, २९ साउन। लुम्बिनी प्रदेश सरकारले मिर्गौला, क्यान्सर र मटु रोगका बिरामीलाई रु दुई लाख आर्थिक सहयोग गर्ने निर्णय गरेको छ । बिहीबार नयाँ गठन भएको मन्त्रिपरिषद्को पहिलो बैठकले यसअघि उपचारका लागि रु एक लाख पाइरहेका बिरामीलाई थप रकम सहयोग गर्ने निर्णय गरेको हो । यस्तै सरकारले कोभिड–१९ का बिरामीको उद्धार गर्न हटलाइन र एम्बुलेन्सको […]
अत्यधिक वर्षा, पहिरो र कटानका कारण मेलम्चीमा क्षति

काठमाडौँ, २९ साउन । सिन्धुपाल्चोकको मेलम्ची बजार र त्यस आसपासका क्षेत्रमा अत्यधिक वर्षा तथा पहिराका कारण नदी कटान हुँदा क्षति पुगेको छ । गत असार १ र यही साउन १६ गते मेलम्ची नदीमा आएको बाढीले ठूलो क्षति पुगेपछि त्यस क्षेत्रको अध्ययन गर्न गएको खानी तथा भूगर्भ विभागको टोलीले अत्यधिक वर्षा र वर्षापछि पहिरो जाँदा उक्त […]