पछिल्लो २४ घण्टामा देशभर ३,९१५ संक्रमित थपिए, २७ जनाको मृत्यु

काठमाडौं,२९ साउन ।

नेपालमा पछिल्लो २४ घण्टाको अवधिमा ३ हजार ९१५ जनामा कोरोना पुष्टि भएको छ । यो अवधिमा १८ हजार ५८२ नमुनाको पीसीआर तथा एन्टिजेन विधिबाट परीक्षण गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

त्यस्तै आज २ हजार ११८ जना संक्रमणमुक्त भएका छन् । योसँगै कोरोनामुक्त हुर्नेको संख्या ६ लाख ७९ हजार ४९५ पुगेको छ । नेपालमा निको हुने दर ९३.३ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।

आज थप कोरोनाबाट २७ जनाले ज्यान गुमाएका छन् । योसँगै कोरोनाबाट ज्यान गुमाउनेको संख्या १० हजार २३९ पुगेको छ ।

आज देशभर ३८ हजार ७९८ सक्रिय संक्रमित रहेका छन् । यीमध्ये ३५ हजार ५१८ होम आइसोलेसनमा र ३ हजार २८० संस्थागत आइसोलेसनमा रहेका छन् । संघन उपचार कक्षमा ७३६ र भेन्टिलेनमा १८६ जनाको उपचार भइरहेको मन्त्रालयले जनाएको छ ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट