काठमाडौँ, २९ साउन ।
नेपाली कांग्रेसका निलम्बित सांसद मोहम्मत अफ्ताव आलमको मुद्दा सर्वाेच्च अदालतले हेर्न नमिल्नेमा राखेको छ ।
न्यायाधीश प्रकाशमानसिंह राउत र कुमार रेग्मीको संयुक्त इजलासमा सुनुवाइ हुने भनिएको आलमको मुद्दा सर्वाेच्चले हेर्न नमिल्नेमा राखेको हो ।
आलमविरुद्ध विस्फोटक पदार्थ बम प्रयोग गरी ज्यान मारेको अभियोगमा मुद्दा चलिरहेको छ । २७ चैत २०६४ मा रौतहटमा बम विस्फोट गराएको र त्यसबाट व्यक्ति हत्या गरेको आरोप लागेर आलम थुनामा छन् । उनलाई थुन्नुपर्ने भनी जिल्ला अदालत रौटहटले दिएको आदेश उच्च अदालतले पनि सदर गरेको थियो ।
त्यही आदेश विरुद्ध आलम सर्वोच्च अदालत पुगेका हुन् ।





