राप्ती, २९ साउन ।
राप्ती नगरपालिका वडा नम्बर २ निवासी स्व.मिनकुमारी नहर्कीको परिवारलाई किरिया खर्च प्राप्त भएको छ । निम्नवर्गीय नहर्की परिवारलाई किरिया खर्च बापत बापत १० हजार रुपैयाँ प्राप्त भएको हो । उक्त रकम वडाध्यक्ष श्यामसुन्दर उप्रेतीले हस्तान्तरण गरेका हुन् ।
यसअघि पनि आफूले पाउने सेवा सुविधाबाट खर्च दिँदै आएका वडाध्यक्ष उप्रेतीले यसपाली पनि एक कार्यक्रमको आयोजना गर्दै राप्ती नगरपालिका २ को तर्फबाट रकम हस्तान्तरण गरेका हुन् ।
कार्यक्रममा राप्ती नगरपालिका वडा नम्बर २ सदस्य शान्ति बिक, सुरदेबी टोल विकास संस्थाका अध्यक्ष दीपेन्द्र थपलिया, सुरदेबी युवा क्लबका पूर्वअध्यक्ष कमल रुवाली, पिप्ले खानेपानी तथा सरसफाइ उपभोक्ता समितिका सहसचिव एवम् युवा संघ राप्ती २ इन्चार्ज बिनोद बर्तौला, राष्ट्रिय युवा संघ राप्ती २ संयोजक रन्जन श्रेष्ठ, निर्देशन त्रिपाठी, बिनोद थापा, अमृत रुवालीलगायतको उपस्थिति थियो ।





