भरतपुर, २९ साउन ।
नेपाली काँग्रेसका २२ केन्द्रीय सदस्यले आफूहरुलाई पार्टीले क्षेत्रीय सभापति वा अन्य केन्द्रीय सदस्यसरह व्यवहार नगरेको भन्दै राजीनामा दिएका छन् । उनीहरुले कम्तिमा पनि आफूहरू एक कार्यकाल महाधिवेशन प्रतिनिधि स्वतः हुनुपर्ने माग गरेका छन् ।
विधानको व्यवस्थामा असहमति जनाउँदै कांग्रेसका २२ आमन्त्रित केन्द्रीय सदस्यले राजीनामा दिएका हुन् । महासमिति बैठकले गरेको निर्णय अनुसार केन्द्रीय सदस्य पनि वडामा गएर चुनाव जितेर आउनुपर्ने व्यवस्था हटाएको भन्दै उनीहरूले सामूहिक राजीनामा दिएका हुन् ।
आमन्त्रित केन्द्रीय सदस्य कृष्ण किशोर घिमिरेले आफ्नो नेतृत्वमा २२ केन्द्रीय सदस्यले राजीनामा दिएको पुष्टि गरे । राजीनामा दिएका आमन्त्रित केन्द्रीय सदस्यहरूले आजको बैठकमा भने भाग लिएका छन् ।
आज बसेको केन्द्रीय कमिटी बैठकमा सामूहिक राजीनामा दिने २२ जना केन्द्रीय सदस्यहरू यसप्रकार छन् :
१. कुमार खड्का
२. बालकृष्ण पाण्डेय
३. किरणराज शर्मा पौडेल
४. सुधीरकुमार शिवाकोटी
५. ध्रुव वाग्ले
६. शम्भुलाल श्रेष्ठ
७. मोहनसिंह राठौर
८. आनन्द विष्ट
९.जनकराज कलौनी
१०. कृष्णकिशोर घिमिरे
११. मनोहरनारायण श्रेष्ठ
१२. भूमिबहादुर (विश्व) गुरुङ
१३. राजेशबहादुर सिंह
१४. रमा कोइराला पौडेल
१५. दयाराम पाण्डे
१६. गोपालकुमार बस्नेत
१७. दिलीप राई
१८.अभिषेख प्रताप शाह
१९. नरेन्द्रकुमार चौधरी
२०. हसन अन्सारी
२१. नन्दनकुमार दत्त
२२. आशाराम चौधरी





