कुरिनघाटमा दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु

भरतपुर, २६ साउन ।

चितवनको इच्छाकामना गाउँपालिका ३, कुरिनघाटमा आज दुई वटा मोटरसाइकल एकआपसमा ठोक्किएर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।
काठमाडौंबाट मुग्लिनतर्फ आइरहेको बा ४६ प ३२० नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट गइरहेको ग १६ प ५५३१ नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किँदा ग १६ प ५५३१ नम्बरको मोटरसाइकल चालक स्याङ्जा पुतलीबजार ४ बस्ने २६ वर्षीय सुशील पोखरेलको मृत्यु भएको हो । उनको उपचारको क्रममा पुरानो मेडिकल कलेज भरतपुरमा मृत्यु भएको जिल्ला प्रहरी कार्यलय चितवनका प्रवक्ता डिएसपी सूर्य थापाले जानकारी दिए ।
बा ४६ प ३२० नम्बरको मोटरसाइकल चालक भोजपुर पौवादुङमा गाउँपालिका ४ बस्ने २४ वर्षीय सन्दिप बस्नेत र पछाडि सवार २१ वर्षीय जय कार्की दुर्घटनामा घाइते भएका छन् । उनीहरुको सोही अस्पतालमा उपचार भइरहेको प्रवक्ता थापाले जानकारी दिए । उनका अनुसार घाइते दुवैको अवस्था मध्यम छ ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट