अफगानिस्तानमा रेडियो सम्पादकको हत्या, एक पत्रकारलाई बन्धक बनाइयो

 

अफगानिस्तान २६ साउन ।

अफगानिस्तानको पाकटिया घाग रेडियो स्टेशनका प्रधान सम्पादक टोफान ओमारीको हत्या भएको छ। आइतबार काबुलको देह सब्ज जिल्लामा उनको हत्या भएको स्थानीय प्रशासनले जनाएको छ।

अफगान तालिबान समूहले उनको हत्या गरेको हुनसक्ने प्रशासनको दाबी छ। यद्यपि, ओमारीको हत्याको जिम्मेवारी अहिलेसम्म कुनै पनि समूहले लिएको छैन।

यसैबीच युद्धग्रस्त अफगानिस्तानको हेलमन्ड प्रान्तमा एक टेलिभिजन पत्रकारलाई तालिवान समूहले बन्धक बनाएर लगेका छन्।
अफगानिस्तानको खानमा प्रेसले जनाएअनुसार स्थानीय बुस्ट रेडियो स्टेशनका प्रधान सम्पादक तथा खोस्ट प्रान्तमा अवस्थित गारगाख्ट टीभी च्यानलका संवाददाता नियाम तुल्लाह हेमतलाई हेलमन्ड प्रान्तको नावा जिल्लामा तालिबान लडाकुहरूले अपहरण गरी बन्दी बनाएका हुन्।

ओमारी अफगानको राजधानी काबुलको बाग्राम जिल्लाको न्यायिक तथा न्याय केन्द्रका वकिल पनि रहेका बताइएको छ।

अफगानिस्तानमा ओपन सञ्चारका लागि आवाज उठाउँदै आएको नाइ नामक संस्थाका प्रान्तीय प्रमुख अबुल सामी घारतमालले हेमातलाई सोमबार नावा जिल्लाको आफ्नो घरबाट बाहिर लगिएको बताए। घारतमालले अफगानिस्तानमा सञ्चारकर्मीहरूसँग गरेको बाचा पालना गर्न र पत्रकारलाई जतिसक्दो चाँडो रिहा गर्न तालिबानलाई आग्रह गरेका छन्।

तालिबान समूहले पछिल्ला दिनहरूमा हेलमन्ड प्रान्तका सबै जिल्लालाई नियन्त्रण गरेको छ भने प्रान्तीय राजधानी लश्करगाहमा अफगान राष्ट्रिय सैनिक तथा सुरक्षा बलसँग लडिरहेको छ।

पछिल्लो समय तालिबानको आक्रामक गतिविधिका कारण कैयौँ सरकारी फौज र निर्दोष नागरिकहरूको ज्यान गएको छ। अफगानिस्तानभर सोमबार मात्र करिब ७० तालिबान लडाकूको मृत्यु भएको सेनाले दाबी गरेको छ।

गत वर्षको फेब्रुअरीमा अमेरिका र तालिबानबीच हस्ताक्षर गरिएको नयाँ शान्ति सम्झौताअन्तर्गत अमेरिकी सेनाले ठूलो सङ्ख्यामा युद्धग्रस्त अफगानिस्तान छोड्न थालेको केही समयपछि नै तालिवान समूहले ठूला तथा आक्रामक हमला बढाउँदै लगेको छ। एजेन्सी

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट