कर्णालीमा  डुङ्गा दुर्घटनामा बेपत्ता महिलाको शव फेला

धनगढी २६ साउन ।

आठ दिन अघि कैलालीको मोहन्याल गाउँपालिकाको कर्णाली नदीमा भएको डुङ्गा दुर्घटनामा परी बेपत्ता भएकी महिला मृत फेला परेकी छन् ।

घटनास्थलवाट दक्षिणतर्फ सोही नदीको बीच भागमा भेटिएको बेवारिसे शवको सोमबार सनाखत गर्दा डुङ्गा दुर्घटनामा परी बेपत्ता हुने मोहन्याल गाउँपालिका- ३ की २० वर्षीया उर्मिला सलामी मगरको रहेको खुलेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

साउन १७ गते कर्णाली नदीमा काठको डुङ्गा चढेर पारी सुर्खेत जिल्ला जाने क्रममा पल्टिएर डुङ्गा दुर्घटना भएको थियो ।

दुर्घटनामा परी घाइते सोही ठाउँकी १९ वर्षीया धनसरा सलामी मगरको मृत्यु भएको थियो । त्यसमा सवार पाँच जनाले पौडिएर ज्यान जोगाएका थिए ।रासस

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट