नेपालमा मनसुनी वायुको प्रभाव : देशका केही स्थानमा भारी वर्षा हुन सक्ने

भरतपुर २६ साउन ।
आज देशभर बदली रही केही स्थानमा पानी पर्न सक्ने छ । प्रदेश १, बागमती र लुम्बिनी प्रदेशका एक/दुई स्थानमा मेघ गर्जनसहित भारी वर्षा हुन सक्ने मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ । आज राति प्रदेश १ र बागमती प्रदेशका केही भू-भागमा मेघ गर्जनसहित भारी वर्षाको सम्भावना छ ।

हाल नेपालमा मनसुनी वायुको प्रभाव रहेको जानकारी दिँदै महाशाखाले अहिले प्रदेश १, प्रदेश २, बागमती र गण्डकी प्रदेशका केही स्थानमा वर्षा भइरहेको जनाएको छ ।

भोलि देशभर बदली रही धेरै स्थानमा पानी पर्नेछ । प्रदेश १, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक/दुई स्थानमा भने मेघ गर्जनसहित भारी वर्षा हुनेछ । भोलि राति प्रदेश १ र २ का केही स्थानमा मेघ गर्जनसहित भारी वर्षा हुन सक्ने महाशाखाले जानकारी दिएको छ ।

त्यस्तै बिहीबार देशका अधिकांश स्थानमा बदली रही धेरै स्थानमा पानी पर्नेछ । प्रदेश १, प्रदेश २, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा मेघ गर्जनसहित भारी वर्षा हुने महाशाखाको पूर्वानुमान छ ।

आगामी २४ घण्टामा देशका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षा हुने तथा प्रदेश १, लुम्बिनी र बागमती प्रदेशका केही स्थानमा मेघ गर्जनसहित भारी वर्षा हुन सक्ने महाशाखाले जनाएको छ । जसका कारण पहिरो जाने तथा नदीनालामा पानीको सतह बढ्न सक्ने भएकाले सतर्कता अपनाउन महाशाखाको अनुरोध छ ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट