जिल्लामै पहिलोपटक नारायणी पब्लिक कलेजमा सीए परिक्षा केन्द्र

भरतपुर, २४ साउन ।
भरतपुर महानगरपालिका- ११स्थित नारायणी पब्लिक कलेजमा चार्टर एकाउन्टेन्ट (सीए) केन्द्र स्थापना भएको छ । जिल्लामा नै पहिलोपटक नारायणी पब्लिक कलेजमा सीए परिक्षाको केन्द्र तोकिएको हो ।

नेपाल चार्टर एकाउन्टेन्टका परिक्षा संयोजक सनोज भट्टाराईले सीए केन्द्र स्थापना भएसँगै चितवनमा सीए अध्ययन गर्न चाहने विद्यार्थीको संख्या बढ्ने विश्वास व्यक्त गरे । `सीए बन्न इच्छुक विद्यार्थीहरुले घरमा नै बसेर सजिलै परिक्षा दिन पाउने हुनाले सिए प्रतिको आकर्षक बढ्दो छ´- उनले भने ।

नारायणी पब्लिक कलेजका अध्यक्ष एवं प्रवन्धन निर्देशक तथा परीक्षा केन्द्रका केन्द्राध्यक्ष राजेश्वर खनालले +२ पछि सीएका लागि काठमाडौं नै जानुपर्ने वाध्यता अन्त्य हुने बताए । कलेज र नेपाल चार्टर एकाउन्टेन्ट संस्थाबीच ३ वर्षका लागि परिक्षा केन्द्रको सम्झौता भएको उनले जानकारी दिए ।

परिक्षा केन्द्र तोकिएसँगै आइतबारबाट परिक्षा सुरु भएको छ । क्याप वानमा ५२ तथा टुमा ३१ जना विद्यार्थी सहभागी हुँदैछन् । परिक्षा भाद्र २ गतेसम्म संचालक हुँदैछ ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट