२०७८ साउन २५ गते सोमबारको कायाकैरन दैनिक (E-Paper)
पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको समय एक वर्ष थपियो

पोखरा, २४ साउन । रासस पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण सम्पन्न गर्न एक वर्ष समय थप गरिएको छ । राष्ट्रिय गौरवको योजनाअन्तर्गत विमानस्थल २०२१ जुलाई १० मा सम्पन्न गर्ने लक्ष्य राखिए पनि कोरोनाका कारण समयमै निर्माण कार्य सम्पन्न गर्न समस्या भएपछि २०२२ को जुलाई १० सम्म समय थप गरिएको आयोजना प्रमुख विनेश मुनाकर्मीले जानकारी दिए […]
चीनले अनुदानमा दिने भेरोसेल खोप भदौ पहिलो सातादेखि ल्याइने

भरतपुर, २४ साउन । चीनबाट भदौको पहिलो सातादेखि भेरोसेल खोप ल्याइने भएको छ । चीनले अनुदानस्वरुप दिने १६ लाख डाेज भेरोसेल खोप भदौदेखि ल्याइने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । केही साताअघि प्रधानमन्त्री शेरबहादुर देउवासँगको भेटघाट कार्यक्रममा नेपालस्थित चिनियाँ राजदूत होउ यान्छीले नेपाललाई कोभिडविरुद्धको १६ लाख भेरोसेल खोप दिने घोषणा गरेकी थिइन् । पहिलो […]
२०७८ साउन २४ गते आइतबारको कायाकैरन दैनिक (E-Paper)
जिल्लामै पहिलोपटक नारायणी पब्लिक कलेजमा सीए परिक्षा केन्द्र

भरतपुर, २४ साउन । भरतपुर महानगरपालिका- ११स्थित नारायणी पब्लिक कलेजमा चार्टर एकाउन्टेन्ट (सीए) केन्द्र स्थापना भएको छ । जिल्लामा नै पहिलोपटक नारायणी पब्लिक कलेजमा सीए परिक्षाको केन्द्र तोकिएको हो । नेपाल चार्टर एकाउन्टेन्टका परिक्षा संयोजक सनोज भट्टाराईले सीए केन्द्र स्थापना भएसँगै चितवनमा सीए अध्ययन गर्न चाहने विद्यार्थीको संख्या बढ्ने विश्वास व्यक्त गरे । `सीए बन्न […]
पूर्वनिर्धारित कुनै पनि परीक्षा स्थगित नगर्ने त्रिविको निर्णय

भरतपुर, २४ साउन । त्रिभुवन विश्वविद्यालयका पूर्वनिर्धारित कुनै पनि परीक्षा स्थगित नहुने भएका छन् । आज बसेको त्रिभुवन विश्वविद्यालयको बैठकले तालिका प्रकाशित गरिसकेका परीक्षाहरू नरोक्ने निर्णय गरेको हो । परीक्षा नियन्त्रक पुष्पराज जोशीका अनुसार ५ भदौसम्मका कुनै पनि परीक्षा स्थगित नहुने र त्यसपछि तोकिने परीक्षाका लागि परिस्थिति हेरेर पुनःविचार गरिनेछ। ‘५ भदौपछि कोरोना संक्रमण थप […]
नैनीतालमा भारी बोकेर चलेको जीवन

भारत (नैनीताल), २४ साउन । कालीकोटका ६० वर्षीया पर बुढा शनिबार भारतको पर्यटकीय शहर नैतीतालमा भारी बोक्दै गर्दा भेटिनुभयो । शिरमा ढाका टोपी, नाम्लो र पिठियुँमा भारी बोकेर नैतीताल तल्ली ताल भन्ने स्थानतर्फ जाँदै गरेका उहाँले भारी बोकेरै दैनिक रु ५०० भारुसम्म कमाउने गरेको बताउनुभयो । “हामी कालीकोटका मात्रै भारी बोक्ने यहाँ ५०÷६० जना नेपाली […]
मकवानपुरमा सुमो गाडी दुर्घटना: चालकको मृत्यु , पाँच घाइते

मकवानपुर, २४ साउन। काठमाडौँबाट वीरगञ्जतर्फ आउँदै गरेको ना१ज २११४ नम्बरको सुमो इन्द्रसरोवर गाउँपालिका–२ सिमखोलामा आज दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने चारजना घाइते भएका छन् । मृत्युहुनेमा सुमो चालक रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । घाइते हुनेमा भारत विहारका १४ वर्षीय रोनक कुमार, १७ वर्षीय शङ्कर कुमार, २० वर्षीय विशाल कुमार र […]
पछिल्लो २४ घण्टामा दुई हजार ५४८ सङ्क्रमित थपिए, ५५ को मृत्यु

काठमाडौँ, २४ साउन। गएको २४ घन्टामा नेपालमा दुई हजार ५४८ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज सार्वजनिक गरेको तथ्याङ्कअनुसार पछिल्लो २४ घण्टामा थप दुई हजार ५४८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो । देशभरका विभिन्न प्रयोगशालामा नौ हजार ३३ जनाको आरटी–पिसीआर परीक्षण गर्दा दुई हजार १३७ जनामा कोरोना […]
मन्त्रिपरिषद् चाँडो विस्तार गर्न माग

काठमाडौँ, २४ साउन। राष्ट्रियसभाको आजको बैठकको विशेष समयमा सभाका सदस्यले मन्त्रिपरिषद् चाँडो विस्तार गरी प्राकृतिक विपत्ति र कोरोना महामारी रोकथाममा उच्च प्राथमिकता दिन सरकारसँग आग्रह गरेका छन् । बैठकमा सदस्य डा विमला राई पौड्यालले छिटो मन्त्रिपरिषद् विस्तार गर्न र सरकार संसद्प्रति जवाफदेही बन्न आग्रह गरिन । सदस्य डा खिमलाल देवकोटाले सरकार पारदर्शीरुपमा सञ्चालन हुनुपर्नेमा जोड […]
पाकिस्तानी ब्याट्सम्यान अजिज चितवन टाइगर्समा

चितवन २्४ साउन । पाकिस्तानका युवा ब्याट्सम्यान डानिश अजिजले चितवन टाइगर्सबाट एभरेष्ट प्रिमियर लिग (ईपीएल) खेल्ने भएका छन् । ईपीएलका लागि अजिज चितवनले घोषणा गरेको पहिलो विदेशी खेलाडी हुन् । स्टाइलिस युवा देव्रे हाते ब्याट्सम्यानले यसैवर्ष पाकिस्तानबाट क्रमश दक्षिण अफ्रिका र जिम्बावेविरुद्ध खेल्दै एकदिवसीय र ट्वेन्टी–२० अन्तर्राष्ट्रियमा डेब्यु गरेका थिए । २५ वर्षे अजिजलाई भारतका […]
मिरिना आँधी: जापानको चिबा क्षेत्रबाट हजारौँलाई सुरक्षित स्थलतर्फ जान आग्रह

टोकियो, २४ साउन । देशको पूर्वी तट नजिकै आइरहेको मिरिना आँधीका कारण टोकियो नजिकैको चिबाबाट हजारौँ मानिसलाई सुरक्षित स्थलमा जान आग्रह गरिएको छ । चिबाको सामुद्रिक क्षेत्रबाट झण्डै २९ हजार मानिसहरू सुरक्षित स्थलतर्फ गईसकेका आइतबार जापानको राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । जापानको मौसम विज्ञान विभागलाई उद्धृत गर्दै एनएचके प्रसारकले भनेको छ, “आइतबारको सुरुसम्ममा उष्ण […]
बढ्न थाले स्क्रबटाइफस रोगका बिरामी

वाग्मती, २४ साउन। मकवानपुर जिल्लामा स्क्रबटाइफसका बिरामी बढ्दै गएका छन् । विगत आर्थिक वर्षका तुलनामा आर्थिक वर्ष २०७७÷७८ मा बिरामी सङ्ख्यामा वृद्धि भएको हो । स्वास्थ्य कार्यालयको तथ्याङ्कअनुसार सो आव ६८ मा सो रोग फेला परेको मध्ये ४९ महिला र १९ पुरुष रहेको जनाइएको छ । यसअघि आव २०७६/७७ मा २९ र आव २०७५/७६ मा […]
हरियो तरकारीमा विषादीको प्रयोग बढ्दो

चितवन, २४ साउन । जिल्लामा उत्पादित तरकारी र फलफूलमा विषादीको प्रयोग बढ्दो मात्रामा पाइएको छ । कृषि ज्ञान केन्द्रद्वारा गत वर्षको समीक्षा एवं चालू आर्थिक वर्षको नयाँ कार्यक्रमका बारेमा जानकारी दिन आज आयोजित बैठकमा गत आवमा परीक्षण गरिएका नमूनामध्ये १३ मा विषादीको प्रयोग बढी भएकाले विसर्जन गरिएको जानकारी दिइएको थियो । विषादी द्रुतपरीक्षण प्रयोगशाला क्षेत्रपुरमा […]
चितवनको निषेधाज्ञामा थप कडाइ, हप्तामा तीन दिन मात्रै पसल खोल्न पाइने

भरतपुर, २४ साउन । जिल्ला प्रशासन कार्यालय चितवनले कोरोना भाइरस महामारी नियन्त्रण तथा रोकथामका लागि जारी गरिएको निषेधाज्ञाको समयावधि पुनः थप गरेको छ । गत वैशाख १६ गतेको मध्यरातदेखि लागू गरिएको निषेधाज्ञालाई थप ८ दिनका लागि निरन्तरता दिइने निर्णय प्रशासनले गरेको हो । सो निर्णयसँगै जिल्लामा निषेधाज्ञा साउन ३२ गते मध्यरातसम्मका लागि लम्बिने भएको छ […]
जाजरकोट-जुम्ला जोड्ने सुरुङ मार्ग निर्माण गरिने

जाजरकोट, २४ साउन । रासस जाजरकोट-जुम्ला छिटोछरितो पुग्नका लागि सुरुङमार्गको सम्भाव्यता अध्ययनको काम शुरु गरिएको छ । जाजरकोटको कुशे गाउँपालिका-८ साङटादेखि जुम्लाको तातोपानी गाउँपालिका–८ इमिल्चाघारीको बीचमा सुरुङ खोलेर सडक निर्माण गर्न सम्भाव्यता अध्ययन गर्न लागिएको पूर्वमन्त्री शक्तिबहादुर बस्नेतले बताउनुभयो । जाजरकोट सदरमुकाम-पाँचकाटिया हुँदै कुशे-८ साङटाबाट जुम्लाको तातोपानी इमिल्चाघारी सडकका लागि सम्भाव्यता अध्ययन गर्न सडक डिभिजन […]
जापानबाट आज पनि खोप आउँदै

भरतपुर, २४ साउन । जापानबाट आज आइतबार करिब तीन लाख डोज अष्ट्राजेनिका खोप काठमाडौं आइपुग्ने भएको छ । जापान सरकारले दिएको १६ लाख डोजमध्ये पाँच लाख १३ हजार ४२० डोज खोप हिजो शनिबार काठमाडौं आइपुगेको स्वास्थ्य सेवा विभागको आपूर्ति व्यवस्थापन शाखा प्रमुख डा. उपेन्द्र ढुंगानाले बताए । आज थप दुई लाख ८७ हजार डाेज खोप […]
लालपूर्जा नदिए भोट पनि दिनेछैनौं : नेपाल बसोबास समाज

भरतपुर, २३ साउन । नेपाल बसोबास बस्ती संरक्षण समाजले भूमि सम्बन्धी समस्या समाधान आयोग विगठन गरिएको कदमविरुद्ध सशक्त भई प्रतिकारमा उत्रने जनाएको छ । समाजले शनिबार भरतपुरमा पत्रकारहरूसँग कुरा गर्दै हरेक सरकारले सुकुम्बासीलाई लालपूर्जाको सपना देखाएर झुलाउने गरेको आरोप लगाएका हुन् । वि.सं. २०१३ सालदेखि हालसम्म सुकुम्बासीलाई जग्गा दिलाउने आशा देखाएर २३ वटा आयोग बनिसकेको […]
आगलागीबाट पसल क्षति भएका व्यवसायीलाई पुस्तक व्यवसायी महासंघ बागमती प्रदेशद्वारा सहयोग

रसुवा, २४ साउन । नेपाल पुस्तक तथा स्टेसनरी महासंघ बागमती प्रदेश समितिको तर्फबाट जिल्लाको जिवजिवेस्थित सरस्वती पुस्तक पसललाई राहत सामग्री उपलब्ध गराइएको छ । गत वर्ष २०७६ चैतमा उक्त पसलमा आगलागी भएर करिव १५ लाख रुपैयाँ बराबरको क्षति भएकाे थियो । आपतको अवस्थामा राहत दिई उक्त व्यवसायलाई निरन्तरता गराउन सहयोग पुगोस् भन्दै सहयोग गरिएको महासंघका […]
भ्वाइस अफ नेपाल सिजन ३ को उपाधि किरण गजमेरलाई

भरतपुर, २४ साउन । नेपालको चर्चित गायन रियालिटी शोको रुपमा स्थापित भइसकेको ‘द भ्वाइस अफ नेपाल’ सिजन ३ को उपाधि किरण गजमेरले जितेका छन् । शनिबार राति भएको ग्राण्ड फिनालेमा सर्वाधिक भोट प्राप्त गरेर किरण ‘द भ्वाइस अफ नेपाल’ सिजन ३ को च्याम्पियन घोषित भएका हुन् । कोच प्रमोद खरेलको टिमबाट अन्तिम चारमा पुगेका किरणले […]
धरहराबाट थालियो मास्क अभियान

भरतपुर, २४ साउन । देशभर ‘नेपाल मास्क अभियान’ सुरु भएकाे छ । शनिबार दिउँसाे एक समाराेहबीच साे अभियान सुरु गरिएकाे हाे । मास्क अभियानकाे पहिलाे दिन काठमाडाैंकाे सुनधारास्थित नवनिर्मित धरहरामा शनिबार साँझ प्रोजेक्टरमार्फत नेपाल मास्क अभियानको ब्यानर देखाइएको छ । म जिम्मेवार नेपाली भन्ने सन्देशसहित विद्युतीय बत्तीमार्फत धरहरालाई मास्क लगाइएको थियो । काेभिड-१९ संक्रमणदर बढिरहँदा […]