पूर्वनिर्धारित कुनै पनि परीक्षा स्थगित नगर्ने त्रिविको निर्णय

भरतपुर, २४ साउन ।
त्रिभुवन विश्वविद्यालयका पूर्वनिर्धारित कुनै पनि परीक्षा स्थगित नहुने भएका छन् । आज बसेको त्रिभुवन विश्वविद्यालयको बैठकले तालिका प्रकाशित गरिसकेका परीक्षाहरू नरोक्ने निर्णय गरेको हो ।

परीक्षा नियन्त्रक पुष्पराज जोशीका अनुसार ५ भदौसम्मका कुनै पनि परीक्षा स्थगित नहुने र त्यसपछि तोकिने परीक्षाका लागि परिस्थिति हेरेर पुनःविचार गरिनेछ।  ‘५ भदौपछि कोरोना संक्रमण थप बढ्यो र सरकारले निषेधाज्ञा लगायो भने त्यसपछिका परीक्षाबारे पुनःविचार गरिन्छ,’ उनले  भने, ‘तर, हाल निर्धारण भइसकेका परीक्षा रोकिने छैनन् । स्वास्थ्य मापदण्ड पालना गराएर परीक्षा सञ्चालन गर्छौं ।’

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट