धरहराबाट थालियो मास्क अभियान

भरतपुर, २४ साउन ।
देशभर ‘नेपाल मास्क अभियान’ सुरु भएकाे छ ।

शनिबार दिउँसाे एक समाराेहबीच साे अभियान सुरु गरिएकाे हाे । मास्क अभियानकाे पहिलाे दिन काठमाडाैंकाे सुनधारास्थित नवनिर्मित धरहरामा शनिबार साँझ प्रोजेक्टरमार्फत नेपाल मास्क अभियानको ब्यानर देखाइएको छ । म जिम्मेवार नेपाली भन्ने सन्देशसहित विद्युतीय बत्तीमार्फत धरहरालाई मास्क लगाइएको थियो ।

काेभिड-१९ संक्रमणदर बढिरहँदा पनि स्वास्थ्य सुरक्षा मापदण्ड उल्लंघन भएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अभियान थालेकाे हाे । ‘महामारी नियन्त्रण र रोकथाममा मेरो प्रतिबद्धता मास्क लगाउनु नै आजको आवश्यकता’ भन्ने मूल नारासाथ सुरु अभियान साउन २९ गतेसम्म चल्नेछ ।

अभियानका क्रममा नागरिकलाई जनस्वास्थ्य मापदण्ड तथा मास्कको महत्वबारे जानकारी गराइनेछ । ‘म पनि मास्क लगाउँछु र अरुलाई पनि मास्क लगाउन प्रेरित गर्छु’ भन्ने सन्देश साथ नागरिकलाई सचेत गराइने मन्त्रालयले जनाएकाे छ । अभियानका क्रममा मास्क कसरी लगाउने भनेर पनि सिकाइनेछ ।

कोभिडबाट बच्न बढी प्रभावकारी उपाय भनेको नै मास्क रहेकाले अनिवार्य मास्क लगाउन मन्त्रालयले पटक-पटक अनुराेध गर्दै आइरहेकाे छ । पछिल्लाे समय नेपालमा काेभिड संक्रमितकाे संख्या फेरि बढिरहेकाे छ । विज्ञहरुले तेस्राे लहर आउन सक्ने चेतावनी दिइरहेका छन् ।

सबैले खाेप नपाएका बेला कोभिडबाट बच्नका लागि बढी प्रभावकारी उपाय भनेको नै मास्क रहेकाले यसलाई सबैले अनिवार्य र सही तरिकाले लगाउन मन्त्रालयले आग्रह गरेकाे छ ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट