भरतपुर, २२ श्रावण ।
इंग्ल्याण्ड विरुद्धको पटौदी ट्रफीको पहिलो टेष्टको पहिलो पारीमा भारतले अग्रता बनाएको छ । टेष्टको तेस्रो दिन शुक्रबार २७८ रनमा अलआउट भएपछि भारतले घरेलु टोलीमाथि ९५ रनको अग्रता बनाएको हो ।
भारतले दिनको खेल १२५ रनमा ४ विकेट गुमाएको अवस्थाबाट थालेको थियो । भारतलाई महत्त्वपूर्ण अग्रता दिलाउन लोकेश राहुलले सर्वाधिक ८४ रनको योगदान दिए । अलराउण्डर रवीन्द्र जडेजाले ५६ रनको अर्धशतीय पारी खेल्दा जस्प्रित बुम्राह २८ तथा ऋषभ पन्तले २५ रन बनाएर आउट भए । यसअघि बिहीबार ओपनर रोहित शर्माले ३६ रनको योगदान गर्दा कप्तान विराट कोहली भने जेम्स एण्डरसनको बलमा गोल्डेन डक आउट हुन पुगेका थिए । इंग्ल्याण्डका लागि एण्डरसनले ४ विकेट लिए भने अर्का सिम बलर ओली रोबिन्सनले ५ विकेट चट्काए । भारतका आजिक्य रहाणे भने रन आउट हुन पुगेका थिए ।
नटिंघममा शुक्रबार नै इंग्ल्याण्डले आफ्नो दोस्रो पारी थालेका छ । उसले पहिलो पारीमा अलआउट हुँदै १८३ रन मात्रै बनाएको थियो ।
इंग्ल्याण्ड भ्रमणमा रहेको भारतीय टोलीले घरेलु टोलीसँग ५ म्याचको टेष्ट शृंखला खेल्ने तालिका रहेको छ ।





