चितवनका अस्पताल र आइसोलेसन केन्द्रमा २५४ जना संक्रमित

भरतपुर, २२ श्रावण ।

स्वास्थ्य कार्यालय चितवनले शुक्रबार प्रकाशन गरेको दैनिक कोभिड–१९ रिपोर्ट अनुसार हाल चितवनका अस्पताल तथा आइशोलेसन केन्द्रमा राखिएका कोरोना संक्रमितको संख्या २५४ पुगेको छ ।

हाल अस्पतालका आइसीयु कक्षमा ८९ जना, एचडीयू कक्षमा ५५ जना तथा स्थानीय तहले निर्माण गरेका आइशोलेसन केन्द्रका समेत गरी जेनरल बेडमा ११० जना संक्रमितले उपचार गराइरहेका छन् । आइसीयुमा रहेकामध्ये ३२ जनाले भने श्वासप्रश्वासका लागि भेण्टिलेटरको सहायता लिइरहेको स्वास्थ्य कार्यालयले जनाएको छ ।

कार्यालयका अनुसार हाल भरतपुर अस्पतालमा १११, चितवन मेडिकल कलेज (सीएमसी) शिक्षण अस्पतालमा ६९, कलेज अफ मेडिकल साइन्सेस (सीएमएस) शिक्षण अस्पतालमा २२ तथा विपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा ७ जना संक्रमितको उपचार भइरहेको छ । यस्तै भरतपुरका अन्य निजी अस्पतालमा पनि २४ जना संक्रमितले उपचार गराइरहेका छन् ।

अस्पताल तथा स्थानीय तहले तयार पारेको आइशोलेसन केन्द्र समेत गरी जिल्लामा हाल संक्रमितको उपचारका लागि ८६२ वटा शय्या छुट्याइएका छन् ।

हाल जिल्लाभित्र भरतपुर महानगरपालिकाको आइसोलेसन केन्द्रमा १२ जना, कालिका नगरपालिका केन्द्रमा ४ जना तथा रत्ननगर नगरपालिका केन्द्रमा २ जना संक्रमित राखिएका छन् । यस्तै इच्छाकामना गाउँपालिकाको आइशोलेसन केन्द्रमा एक तथा माडीमा दुई जना संक्रमित छन् । अन्य स्थानीय तहका आइशोलेसन केन्द्रमा भने संक्रमित नरहेको स्वास्थ्य कार्यालयले जनाएको छ ।

यस्तै, पछिल्लो २४ घण्टामा चितवन जिल्लाका अस्पतालमा उपचार गराइरहेका ५ जनासंक्रमितको मृत्यु भएको छ । स्वास्थ्य कार्यालयका अनुसार चार जनाको भरतपुर अस्पतालमा तथा अन्य एकको चितवन मेडिकल कलेज शिक्षण अस्प्तालमा मृत्यु भएको हो । तीन जना मृतक चितवनका हुन् भने दुई जना नवलपरासीका भएको कार्यालयले जनाएको छ ।

यस्तै, पछिल्लो २४ घण्टामा अस्पताल तथा आइशोलेसन केन्द्रबाट ३२ जना डिस्चार्ज भएको स्वास्थ्य कार्यालयको तथ्यांकमा उल्लेख छ ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट