चितवनका थप २२३ जनामा संक्रमण पुष्टि

भरतपुर, २२ श्रावण ।

पछिल्लो २४ घण्टामा चितवनका थप २२३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । १४७ जनामा पीसीआर तथा ७६ जनामा एन्टिजेन विधिद्वारा गरिएको परीक्षणबाट संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय चितवनले जनाएको हो ।

कार्यालयले शुक्रबार प्रकाशन गरेको अद्यावधिक तथ्याङ्क अनुसार पछिल्लो २४ घण्टामा पीसीआर परीक्षणका लागि ६९३ जनाको स्वाब संकलन गरिएको थियो । यस्तै सोही अवधिमा २०९ वटा एन्टिजेन परिीक्षण भएका थिए । पछिल्लो २४ घण्टामा गरिएको परीक्षणमा करिब २४.७२ प्रतिशत नमूनामा कोरोना पोजिटिभ पाइएको हो ।

यस्तै, चितवन जिल्लाभित्र सक्रिय संक्रमितको संख्या हाल २ हजार २३२ रहेको कार्यालयले प्रकाशन गरेको तथ्याङ्कमा उल्लेखछ । तीमध्ये १८५ जना अस्पतालको आइशोलेसनमा छन् भने २ हजार १३४ जना घरमै आइशोलेसनमा रहेका छन् । जिल्लाका १३ जना संक्रमित भने स्थानीय तहले निर्माण गरेको आइशोलेसनमा छन् ।

थपिएका संक्रमितसँगै चितवन जिल्लाभित्रका कूल संक्रमितको संख्या २१ हजार ५७४ पुगेको छ । जिल्लाभित्र हालसम्म भरतपुर महानगरपालिकामा सबैभन्दा धेरै १५ हजार ३२९ जनामा संक्रमण पुष्टि भइसकेको छ । पछिल्लो २४ घण्टामा जिल्लाका १३८ जना संक्रमणमुक्त भएको स्वास्थ्य कार्यालयले जनाएको छ । कार्यालयका अनुसार हालसम्म १८ हजार ८९८ जना संक्रमितलाई निको भइसकेको छ ।

कार्यालयका अनुसार पछिल्लो २४ घण्टामा जिल्लाका ३ जना संक्रमितको मृत्यु भएको छ । उनीहरूमध्ये दुई जना भरतपुरका हुन् भने अर्का एक खैरहनीका हुन् । जिल्लाभित्र हालसम्म संक्रमणका कारण ३४४ जनाको ज्यान गएको छ । हालसम्म सबैभन्दा धेरै भरतपुर महानगरपालिकाका २१७ जनाको संक्रमणका कारण मृत्यु भइसकेको छ ।

रत्ननगर नगरपालिकाका ३४ जना संक्रमितको मृत्यु हुँदा खैरहनीका २६ तथा राप्तीका २९ जनाको मृत्यु भएको छ । कालिका नगरपालिकाका २१, माडी नगरपालिकाका १४ तथा इच्छाकामना गाउँपालिकाका ३ जनाको पनि संक्रमणका कारण मृत्यु भएको छ ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट