भुटानले पठाएको खोप काठमाडौँ आइपुग्यो

काठमाडौँ, २२ साउन ।

भुटानले नेपाल सरकारलाई सहयोगका रूपमा पठाएको कोभिड १९ विरुद्धको अक्सफोर्ड एस्ट्राजेनेकाको तीन लाख डोज खोप काठमाडौँ आइपुगेको छ ।

खोप बोकेर थिम्पुस्थित पारो विमानस्थलबाट उडेको ड्रुक एयरको कार्गो विमान शुक्रबार विहान ९ः४० बजे त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल अवतरण गरेको हो।

स्वास्थ्य सेवा विभागले शनिबार भुटानबाट खोप आउने जनाएको भएपनि एक दिनअघि नै भुटानले खोप पठाएको हो ।

भुटानबाट प्राप्त खोप कोभिसिल्डको पहिलो मात्रा लगाकाएका नागरिकलाई प्राथमिकताका साथ दिइने विभागले जनाएको छ ।

भारतबाट कोभिसिल्ड खोपको आयात रोकिँदा हालसम्म ९ लाख ५० हजार बढी जेष्ठ नागरिकसहित १३ लाख ३८ हजार बढीले खोपको दोस्रो मात्रा लगाउन पाएका छैनन् । आगामी दुई साताभित्र जापानबाट समेत १६ लाख डोज एस्ट्राजेनेका खोप आएपछि दोस्रो डोज लगाउन बाँकी रहेका सबैलाई खोप दिइने विभागले जनाएको छ ।

(अनलाइन खबर डट कमको सहयोगमा)

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Sampurna Kitab Library
Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट

Sampurna Kitab Library