कोभिसिल्डको पहिलो डोज लगाएकालाई साउन २५ गतेदेखि अस्ट्राजेनेका खोप लगाइने

भरतपुर, २२ साउन ।
कोभिसिल्डको पहिलो डोज लगाएका ज्येष्ठ नागरिकले दोस्रो डोजको खोप लगाउने भएका छन् । पहिलो डोज लगाएर बसेका ज्येष्ठ नागरिकलाई साउन २५ गतेदेखि अस्ट्राजेनेका खोप लगाउने तयारी भएको छ । स्वास्थ्य मन्त्रालय अन्तर्गतको खोप महाशाखाका अनुसार दोस्रो डोजको रुपमा अस्ट्राजेनेका खोप दिइन लागिएको हो ।

भुटानबाट आएको २ लाख ३० हजार डोज र जापानबाट शनिबार र आइतबार आउने अस्ट्राजेनेका खोप लगाउन लागिएको हो । यसअघि कोभिसिल्डको पहिलो डोज लगाएका १३ लाखभन्दा बढी ६५ वर्षमाथिका ज्येष्ठ नागरिकले दोस्रो डोज लगाउन पाएका छैनन् ।

खोप शाखा प्रमुख झलक शर्मा गौतमले साउन २५ गतेदेखि कोभिसिल्डको पहिलो डोज लगाएकालाई अस्ट्राजेनेकाको दोस्रो मात्रा खोप लगाउने तयारी भइरहेको जानकारी दिए । उनका अनुसार भेरोसेलको दोस्रो डोज लगाउने कार्य सकिने लगत्तै कोभिसिल्डको दोस्रो डोज लगाउन सुरु गरिनेछ । उपत्यकामा कोभिसिल्डको दोस्रो मात्रा लगाउन सुरु गरिहाल्ने र खोप आएसँगै प्रदेशमा पनि सुरु गर्ने उनले जनाए ।

अक्सफोर्ड अस्ट्राजेनेकाले विकास गरेको र भारतको सेरम इन्स्च्यिूटले उत्पादन गरेको कोभिडसिल्ड जेष्ठ नागरिकलाई गत चैतमा लगाइसकिएको छ। भारतबाट खोप आउने कार्य रोकिएपछि सरकारले अस्ट्राजेनेका खोप लगाउने निर्णय गरेको थियो।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Sampurna Kitab Library
Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट

Sampurna Kitab Library