चैत मसान्तसम्म सबै नेपालीलाई खोप लगाइसकिने : स्वास्थ्य मन्त्रालय

भरतपुर, १५ श्रावण ।

नेपाल सरकारले चैत मसान्तसम्म सबै नेपालीलाई खोप लगाइसक्ने बताएको छ । शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड विरुद्धको खोपको आयात, खोप अभियान र स्वास्थ्य पूर्वाधार बारेको विवरण सार्वजनिक गर्दै सो बारेमा जानकारी गराएको हो ।

नेपाललाई आवश्यक थप खोप चीनको सिनोफार्म कम्पनीसँग ६० लाख डोज खोप खरिदको सम्झौता अगाडि बढिसकेको मन्त्रालयले जनाएको छ । यसका साथै कोभ्याक्स सुविधाबाट जापान सरकारले अनुदानमा दिने १६ लाख र भारतबाट खरिद गरी बाँकी रहेको १० लाख डोज खोप प्राप्त हुँदा असोजभित्र १ करोड ८३ लाख ८२ हजार ८५० डोज प्राप्त हुने मन्त्रालयको आँकलन छ ।

यसैगरी, कोभ्याक्सबाट लागत सहभागितामा खरिद गरी १ करोड ५० लाख डोज र १२ वर्षमाथिका बालबालिकालाई ६० लाख डोज फाइजरको खोपका लागि प्रक्रिया अगाडि बढिरहेको मन्त्रालयले जनाएको छ । गाभी कोभ्याक्सबाट निःशूल्क २० प्रतिशत जनसंख्याको लागि प्राप्त हुने १ करोड १३ लाख डोज पनि प्राप्त हुँदा चैत मसान्तसम्म खोप सबै नेपालीहरुको पहुँचमा पुग्ने बताइएको हो ।

मन्त्रालयले उपचारका लागि आवश्यक पर्ने आइसीयु तथा एचडीयु शैयाको संख्या पनि बढाउँदै लगिएको जनाएको छ । हाल देशभरका सरकारी अस्पतालमा २०७५ वटा र निजीमा ७७८ वटा हाइ डिपेन्डेन्सी युनिट (एचडीयु) रहेकामा मन्त्रालयले १ हजार ४०० एचडियु थप गर्ने प्रक्रियामा रहेको जनाएको छ । यस्तै, भेन्टिलेटरको संख्या हाल ९०४ रहेकोमा १८० वटा थप गर्ने प्रक्रियामा मन्त्रालय रहेको छ । सम्भावित संक्रमित बालबालिकाको उपचारका लागि पनि १८० भेन्टिलेटर सहितको २५० वटा आइसीयु बेड थप्ने तयारी भइरहेको मन्त्रालयले विज्ञप्तिमा उल्लेख गरेको छ ।

संक्रमितको उपचारका क्रममा अक्सिजनको आवश्यकता पर्न सक्ने भएकाले सरकारले अक्सिजन कन्सन्ट्रेटरको खरिद गर्नुृका साथै अक्सिजन प्लान्टको समेत निर्माण थालेको मन्त्रालयले जनाएको छ ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट