चैत मसान्तसम्म सबै नेपालीलाई खोप लगाइसकिने : स्वास्थ्य मन्त्रालय

भरतपुर, १५ श्रावण । नेपाल सरकारले चैत मसान्तसम्म सबै नेपालीलाई खोप लगाइसक्ने बताएको छ । शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड विरुद्धको खोपको आयात, खोप अभियान र स्वास्थ्य पूर्वाधार बारेको विवरण सार्वजनिक गर्दै सो बारेमा जानकारी गराएको हो । नेपाललाई आवश्यक थप खोप चीनको सिनोफार्म कम्पनीसँग ६० लाख डोज खोप खरिदको सम्झौता अगाडि बढिसकेको मन्त्रालयले […]
झापाको एक होटेलमा लुकाइएको २ सय डोज खोप बरामद
भरतपुर, १५ श्रावण । झापा बिर्तामोडको एक होटलमा लुकाई राखिएको २ सय डोज खोप प्रहरीले बरामद गरेको छ । बिर्तामोड नगरपालिकाका स्वास्थ्य शाखाका फोकल पर्सन ओम खड्काले शुक्रबार टाइमलेस मुभमेन्ट होटलमा खोप लुकाएको थाह पाएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । प्रहरीले होटलबाट २ सय जनालाई पुग्ने सय भाइल खोप बरामद गरेको प्रहरीले जनाएको छ […]
`रसैरस रसिली´ र `स्वयम्भूका आँखाहरू´ सार्वजनिक

काठमाडौं, १५ साउन । बाल साहित्य सर्जक प्रमोद प्रधानको बालकवितासंग्रह ‘रसैरस रसिली’ र विजयराज आचार्यको बालकथासंग्रह ‘स्वयम्भूका आँखाहरु’ सार्वजनिक भएका छन् । नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपति केके कर्माचार्यले यी दुई कृतिको विमोचन गरेका हुन् । […]
अमेरिकामा कोरोना भाइरसविरुद्ध खोप लगाउने व्यक्तिलाई एक सय डलर दिइने

वासिङटन, १५ साउन । अमेरिकामा सङ्क्रमण फैलिने क्रम चलिरहे पनि खोप लगाउने दर भने कम भएको छ । खोप लगाउनेहरुको सङ्ख्या बढाउन अमेरिकाले नयाँ रणनीति लागू गर्न लागेको छ । सरकारले निर्देशिका जारी गर्दै खोप लगाउनेलाई प्रतिव्यक्ति १०० डलर दिने जनाएको छ । राष्ट्रपति जो बाइडेनले कोरोना भाइरसविरुद्ध खोप लगाउने व्यक्तिलाई प्रतिव्यक्ति १०० डलर रकम […]
‘डोको बुन्ने र बाख्रा पाल्नेका हातमा १० लाख दिन्छौँ’

हेटौँडा, १५ साउन । वाग्मती प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री कैलाशप्रसाद ढुङ्गेलले अति निम्न किसानको हातमा रु १० लाख दिएर उद्यमी बनाउन सरकार प्रयासरत रहेको बताएका छन् । मन्त्रालयले यहाँ आयोजना गरेको कार्यक्रममा उनले उक्त लगानीले कोरानाका कारण गाउँ गएका र हातमा सीप भएका विपन्न वर्गको आर्थिकस्तर उकास्ने बताए । यस्ता लगानी साना पौरखी हातका […]
‘मदन पुरस्कार-२०७७’ का लागि नौवटा पुस्तक छनोट

काठमाडौँ १५ साउन । ‘मदन पुरस्कार-२०७७’ का लागि नौवटा पुस्तक छनोट भएका छन् । मदन पुरस्कार गुठीले कुल २२२ पुस्तकमध्ये नौवटा पुस्तकलाई पुरस्कारका लागि छनोट गरेको जनाएको छ । गिरी श्रीस मगरको एकलब्यको देब्रे हात, कृष्ण अविरलको करिया, कुमार नगरकोटीको कल्प ग्रन्थ, वैरवबहादुर थापाको नृत्याक्षर विज्ञान, प्रभा बरालको फिलिङ्गो, लेखनाथ क्षेत्रीको फुलाङ्गे, केशव दाहालको मोक्षभूमि, […]
एसएसबीले तुइन काटिदिँदा महाकालीमा एक व्यक्ति बेपत्ता

दार्चुला, १५ साउन । व्यास गाउँपालिका–२ मालघाटमा महाकाली तर्ने क्रममा एसएसबीले आज तुइन काटिदिँदा एक व्यक्ति नदीमा बेपत्ता भएका छन् । सदरमुकाम खलङ्गा आउने क्रममा ३५ वर्षीय जयसिंह धामी बेपत्ता भएका हुन् । महाकाली तर्ने क्रममा एसएसबीले देखेपछि तुइन काटिदिएको स्थानीय विक्रमसिंह धामीले बताए । “भारततर्फ पुग्ने बेला एसएसबीले एक्कासि तुइन काटिदियोे, नदीको बिच भागमा […]
चितवनमा एकै दिन २२७ जना संक्रमित थपिए, थप १ जनाको मृत्यु

भरतपुर, १५ श्रावण । पछिल्लो २४ घण्टामा चितवनका थप २२७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । १५४ जनामा पीसीआर तथा ७३ जनामा एन्टिजेन विधिद्वारा गरिएको परीक्षणबाट संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय चितवनले जनाएको हो । कार्यालयले शुक्रबार प्रकाशन गरेको अद्यावधिक तथ्याङ्क अनुसार पछिल्लो २४ घण्टामा पीसीआर परीक्षणका लागि ६२३ जनाको स्वाब संकलन […]
१६५ चेपाङ बालबालिका पाल्दै पढाउँदै

चितवन, १५ साउन । शिक्षा–दीक्षा र पालनपोषण महङ्गो हुँदै गएपछि धेरैले एक वा दुई सन्तान मात्रै जन्माउन थालेका छन् । बालबालिकालाई हुर्काउन, बढाउन र पढाउन निकै खर्चिलो हुँदै गएको छ । यस्तो परिवेशमा पनि यहाँका एक व्यक्तिले चेपाङ समुदायका १६५ बालबालिकालाई पाल्दै पढाउँदै गरिरहेका छन् । रत्ननगर नगरपालिका–१३ सुब्बाचोक निवासी केपीकिरण शर्माले सोही नगरपालिकाका वडा […]
चितवनमा बढ्न थाले सङ्क्रमित

भरतपुर १५ साउन । जिल्लामा कोभिड– १९ का सक्रिय सङ्क्रमितको संख्या दुई हजार नाघेको छ । स्वास्थ्य कार्यालयका अनुसार जिल्लामा अहिले दुई हजार ३० सक्रिय सङ्क्रमित छन् । गत असार १३ गते १ हजार १४ मा झरेको सङ्क्रमित यही साउन १४ मा आइपुग्दा पबढेर दुई हजार ३० पुगेको हो । कार्यालयका अनुसार पछिल्ला केही दिनमा […]
संरक्षण क्षेत्रमा खटिएका यी हस्ती

नवलपुर, १५ साउन । चितवन राष्ट्रिय निकुञ्ज दुर्लभ र सङ्कटापन्न प्रजातिका जीवजन्तुहरुका लागि महत्वपूर्ण बासस्थानका रूपमा रहेको छ । निकुञ्जले चितवन, नवलपरासी, मकवानपुर र पर्सा जिल्लालाई छोएको छ । विश्वमा नै दुर्लभ वन्यजन्तु एक सिङ्गे गैँडा, पाटेबाघ, गौरीगाई, घडियाल गोही, अर्ना, हात्ती, चराचुरुङ्गी, अजिङ्गर, मृग प्रजातिका जनावर निकुञ्जमा पाइने गरेको छ । दुर्लभ र सङ्कटापन्न […]
टोकियो ओलम्पिक: सरस्वती चौधरी पहिलो चरणबाटै बिदा

काठमाडौँ, १५ साउन। जापानको राजधानी टोकियोमा जारी ३२औँ ग्रीष्मकालीन ओलम्पिक खेलकुदमा नेपालकी एथलेटिक्स खेलाडी सरस्वती चौधरी पहिलो चरणबाटै बाहिरिएकी छिन् । केहीबेर अघि भएको खेलमा चौधरीले महिला १०० मिटर दौडमा खासै उल्लेख्य प्रदर्शन गर्न सकिनन् । उनले निर्धारित दूरी १२ दशमलव ९१ सकेण्डमा पूरा गरिन । नौ खेलाडी सम्मिलित सो समूहमा चौधरी आठौँ भइन । […]
पर्यटकीय गन्तव्य बन्दै चितवनको सिन्ती झरना

भरतपुर १५साउन । नयाँ पर्यटकीय गन्तव्यका रूपमा चिनिएको सिन्ती झरना आन्तरिक पर्यटकीय गन्तव्य बन्दै गइरहेको छ । चितवनको कालिका नगरपालिका–९ मा रहेको यस झरना जिल्ला सदरमुकाम भरतपुरबाट झण्डै २४ किलोमिटर पूर्वमा पर्छ । कालिका–९ का वडाध्यक्ष हेमबहादुर क्षेत्रीका अनुसार सिन्ती झरनाको प्रचारप्रसार हुन थालेपछि यहाँ पर्यटक आउन थालेका हुन् । “भरतपुर, रत्ननगर, गैँडाकोट, खैरहनी, सौराहा, […]
२०७८ साउन १५ गते शुक्रबारको कायाकैरन दैनिक (E-Paper)
खिर खाएर साउन १५ मनाइँदै

काठमाडौं, १५ साउन । रासस साउन १५ गते आज नेपाली समाजमा खिर खाएर मनाइँदै छ । वर्षा ऋतुका बेला असार १५ गते दही, च्युरा र साउन १५ मा खिर खाने प्राचीनकालदेखिको नेपाली परम्परा छ । साउने झरी पर्ने बेलामा तातो खिरले स्वास्थ्यलाई राम्रो गर्ने भएकाले खिर खाने गरिएको हो । दूधमा मरमसलालगायत चिजबिज हालेर बनाइने […]