`रसैरस रसिली´ र `स्वयम्भूका आँखाहरू´ सार्वजनिक

काठमाडौं, १५ साउन ।                                        बाल साहित्य सर्जक प्रमोद प्रधानको बालकवितासंग्रह ‘रसैरस रसिली’ र विजयराज आचार्यको बालकथासंग्रह ‘स्वयम्भूका आँखाहरु’ सार्वजनिक भएका छन् ।
नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपति केके कर्माचार्यले यी दुई कृतिको विमोचन गरेका हुन् । बिहीवार भर्चुअल कार्यक्रममार्फत कर्माचार्यले पुस्तक विमोचन गरेका हुन् ।

कृति विमोचनपछि कुलपति कर्माचार्यले दुबै कृतिको शीर्षक नै रोचक रहेको र बालबालिकालाई मनपर्ने बताए । कर्माचार्यले अबका दिनमा कथा लेख्दा अनुसन्धानलाई पनि विशेष जोड दिनुपर्ने सुझाव दिए ।

‘रसैरस रसिली’ बारे टिप्पणी गर्दै कवि रमेशचन्द्र घिमिरेले कविताहरू बालसुलभ भएको उल्लेख गरे । प्रधानका कविताहरूमा देशप्रेम, प्रकृति र बाल मनलाई समेटिएको घिमिरेको भनाई थियो । उक्त पुस्तकमा १० वटा कविता समेटिएका छन् । पुस्तकमा रवीन्द्र मानन्धरका चित्रहरू सजिएका छन् ।

यस्तै ‘स्वयम्भूका आँखाहरु’ माथि बालसाहित्य सर्जक शाश्वत पराजुलीले समीक्षा गरेका थिए । पुस्तकमा मञ्जुश्रीको मिथकलाई आधुनिक प्रविधिसँग जोडिएर लेखिएको उनले बताए । किताबमा ९ वटा बाल कथा समावेश छन् । पुस्तकमा युवक श्रेष्ठका चित्रहरू समेटिएका छन् ।

‘रसैरस रसिली’लाई विवेक सिर्जनशील प्रकाशनले बजारमा ल्याएको हो भने ‘स्वयम्भूका आँखाहरू’ विवेक सिर्जनशील प्रकाशन र रिभिजिट स्वयम्भूको संयुक्त प्रकाशन हो ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट