भरतपुर, १५ श्रावण ।
झापा बिर्तामोडको एक होटलमा लुकाई राखिएको २ सय डोज खोप प्रहरीले बरामद गरेको छ । बिर्तामोड नगरपालिकाका स्वास्थ्य शाखाका फोकल पर्सन ओम खड्काले शुक्रबार टाइमलेस मुभमेन्ट होटलमा खोप लुकाएको थाह पाएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।
प्रहरीले होटलबाट २ सय जनालाई पुग्ने सय भाइल खोप बरामद गरेको प्रहरीले जनाएको छ ।
फोकल पर्सन खड्कालाई समेत अनुसन्धानका लागि नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक राकेश थापाले बनाए । होटलमा खोप किन लुकाइएको हो भन्नेबारे अनुसन्धान सुरु भएको उनले जानकारी दिए ।
(इकान्तिपुर डट कमको सहयोगमा)





