श्रीलंका विरुद्धको तेस्रो टिट्वान्टीमा भारतको फितलो सुरुवात

क्रिकइन्फो,

कोलंबो, १४ श्रावण ।

श्रीलंका विरुद्धको टि-ट्वान्टी शृंखलाको तेस्रो तथा निर्णायक खेलमा भारतले खराब सुरुवात गरेको छ । कोलंबोस्थित आर प्रेमदाशा रंगशालामा टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय लिएको भारतले आफ्नो पारीको पहिलो ५ ओभरभित्रै ४ विकेट गुमाएको हो ।

उसका ओपनर रुतुराज गाइक्वादले १४ रन बनाएर आउट हुँदा कप्तान शिखर धवन शून्य रनमा पेभिलियन फर्किए । तेस्रो क्रममा ब्याटिङ गर्न आएका देवदत्त पदिकाल ९ रनमा आउट हुँदा विकेटकिपर ब्याट्सम्यान सञ्जु सेमसन पनि डक आउट भए । यो खबर तयार पार्दासम्म भारतले ६ ओभरमा ४ विकेटको क्षतिमा २९ रन जोडेको छ ।

श्रीलंकालाई सुरुवाती सफलता दिलाउने क्रममा वानिन्दु हसरंगाले २ विकेट चट्काए । यस्तै, दुस्मन्था चमीरा र रमेश मेन्डिसको नाममा पनि १-१ विकेट रह्यो ।

जारी टि-ट्वान्टी शृंखलामा दुवै टोलीले १-१ खेल जितेका छन् । श्रीलंकाको भ्रमणमा रहेको भारतीय टोलीले घरेलु टिम विरुद्ध यसअघि तीन खेलको एकदिवसीय शृंखलामा २-१ को जीत निकालिसकेको छ ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट