श्रीलंका विरुद्धको तेस्रो टिट्वान्टीमा भारतको फितलो सुरुवात

क्रिकइन्फो, कोलंबो, १४ श्रावण । श्रीलंका विरुद्धको टि-ट्वान्टी शृंखलाको तेस्रो तथा निर्णायक खेलमा भारतले खराब सुरुवात गरेको छ । कोलंबोस्थित आर प्रेमदाशा रंगशालामा टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय लिएको भारतले आफ्नो पारीको पहिलो ५ ओभरभित्रै ४ विकेट गुमाएको हो । उसका ओपनर रुतुराज गाइक्वादले १४ रन बनाएर आउट हुँदा कप्तान शिखर धवन शून्य रनमा […]

सिकाइ सहजीकरणमा अनलाइन कक्षा भएन प्रभावकारी

भरतपुर, १४ साउन । कोरोना भाइरस महामारीको रोकथाम तथा नियन्त्रणका लागि जारी गरिएको निषेधाज्ञाका कारण विद्यार्थीहरू विद्यालय जान पाएका छैनन् । चितवन जिल्लामा पनि गत वैशाख १६ गते मध्यरातदेखि स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेको छ । यद्यपि सरकारले महामारीको जोखिमयुक्त भनी वर्गीकरण गरेको जिल्लामा चितवन समेत परेपछि यहाँका विद्यालय तथा शैक्षिक संस्थाहरू वैशाख ७ गतेदेखि […]

बिहीबार देशभर ३३६५ जना संक्रमित थपिए, १६ जनाको मृत्यु पुष्टि

भरतपुर, १४ श्रावण । नेपालभर पछिल्लो २४ घण्टामा थप ३ हजार ३६५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार प्रकाशन गरेको अद्यावधिक तथ्यांक अनुसार पछिल्लो एक दिनमा पीसीआर विधिबाट गरिएका ९ हजार ५५५ परीक्षणमा २ हजार ३३५ तथा एन्टिजेन विधिबाट गरिएका ४ हजार ६८७ परीक्षणमा १ हजार ३० जनामा […]

चितवनमा १० दिन निशेधाज्ञा थप, एउटा कोठामा २५ भन्दा बढी परीक्षार्थी राख्न नपाइने

भरतपुर १४ साउन। चितवनमा कोरोना संक्रमण रोकथामका लागि १० दिन निशेधाज्ञा थप गरिएको छ । जिल्ला प्रशासन कार्यालय चितवनले आज आदेश जारी गर्दै निषेधाज्ञाको समय साउन २४ गतेसम्म लम्ब्याएको हो । यसअघि प्रशासनले पछिल्लो समयमा जारी गरेको निषेधाज्ञाको समयअवधी आज राति १२ बजे सकिदै छ । प्रशासनले जारी गरेको आदेशमा चितवनबाट छुट्ने मध्यम तथा लामो […]

चितवनका अस्पताल तथा आइसोलेसनमा २१३ जना संक्रमितको उपचार हुँदै

भरतपुर, १४ साउन । स्वास्थ्य कार्यालय चितवनले बिहीबार प्रकाशन गरेको दैनिक कोभिड–१९ रिपोर्ट अनुसार हाल चितवनका अस्पताल तथा आइशोलेसन केन्द्रमा राखिएका कोरोना संक्रमितको संख्या २१३ पुगेको छ । हाल अस्पतालका आइसीयु कक्षमा ७५ जना, एचडीयू कक्षमा ५० जना तथा स्थानीय तहले निर्माण गरेका आइशोलेसन केन्द्रका समेत गरी जेनरल बेडमा ८८ जना संक्रमितले उपचार गराइरहेका छन् […]

२४ घण्टामा चितवनमा १८५ जना संक्रमित थपिए, थप २ जनाको मृत्यु

भरतपुर, १४ साउन । पछिल्लो २४ घण्टामा चितवनका थप १८५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । १३९ जनामा पीसीआर तथा ४६ जनामा एन्टिजेन विधिद्वारा गरिएको परीक्षणबाट संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय चितवनले जनाएको हो । कार्यालयले बिहीबार प्रकाशन गरेको अद्यावधिक तथ्याङ्क अनुसार पछिल्लो २४ घण्टामा पीसीआर परीक्षणका लागि ८६८ जनाको स्वाब संकलन […]

चितवनमा लगाइँदै जेन्सेन खोप

भरतपुर, १४ साउन । कोरोना भाइरस विरुद्ध एक मात्रा मात्रै लगाए हुने जेन्सेन खोप चितवनमा बिहीबारदेखि प्रदान गर्न थालिएको छ । स्वास्थ्य कार्यालय चितवनका अनुसार साउन १४ र १५ गते जिल्लाभरका वडामा रहेका स्वास्थ्य केन्द्रबाट खोप दिइने कार्यतालिका बनाइएको छ । जेन्सेन खोप लगाउने पहिलो दिन बिहीबार खोप केन्द्रमा लक्षित समूहको उल्लेख्य उपस्थिति रहेको थियो […]

कोरिया पठाउने काम नरोक्न निर्देशन

काठमाडौँ, १४ साउन । राष्ट्रियसभाको प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिले रोजगार अनुमति प्रणाली (इपिएस) अन्तर्गत भाषा र सीप परीक्षा उत्तीर्ण युवा डेड वर्षदेखि कामका लागि दक्षिण कोरिया जान नपाएकामा ध्यान दिन सरकारलाई निर्देशन दिएको छ । आजको बैठकमा सम्बन्धित मन्त्रालय र निकाय तथा पीडित पक्षसँगकोे छलफलपछि कोभिड–१९ लाई मात्रै कारण बनाएर ती युवालाई रोक्न […]

विश्वका १३२ देशमा फैलियो डेल्टा भेरियन्ट: डब्लुएचओ

जेनेभा १४ साउन । विश्वभरी कोरोनाभाइरसबाट सङ्क्रमितको साप्ताहिक सङ्ख्या बढ्दै गएको पाइएको छ । यही जुलाई १७ देखि २५ सम्मको सात दिनमा त्यसको अघिल्लो हप्ताको तुलनामा ८ प्रतिशत बृद्धि भएको अधिकारीहरुले जानकारी दिएका छन् । त्यस हप्ता ३८ लाख मानिस कोरोनाभाइरसबाट सङ्क्रमित भएका थिए । संयुक्त राष्ट्रसंघको स्वास्थ्य सम्वन्धी निकायको रुपमा रहेको विश्व स्वास्थ्य सङ्गठनले […]

बाघ संरक्षणमा उत्साहजनक उपलब्धि, मानव–बाघ द्वन्द्व भने भयावह

काठमाडौँ, १४ साउन । हरेक वर्ष जुलाई २९ तारिख अर्थात् आजका दिन विश्व बाघ दिवस मनाइन्छ । यस वर्ष ‘बाघको अस्तित्व स् मानवको दायित्व’ भन्ने मूल सङ्कल्पका साथ नेपालसँगै विश्वभर यो दिवस मनाइँदै छ । नेपालमा केन्द्रीय र स्थानीयस्तरमा विभिन्न कार्यक्रमको आयोजना गरी विश्व बाघ दिवस मनाउन लागिएको वन तथा वातावरण मन्त्रालयले जनाएको छ । […]

जुवाको खालबाट दुई वडाध्यक्षसहित १५ पक्राउ

सिमकोट, १४ साउन । हुम्लाको दक्षिण क्षेत्रमा रहेको अदानचुली गाउँपालिकाको मुख्य बजार क्षेत्रबाट दुई वडाध्यक्षसहित श्रीनगर प्रहरीचौकीले बुधबार १५ जनालाई पक्राउ गरेको छ । नियमित गस्तीका क्रममा अदानचुली–३ स्थित स्वास्थ्यचौकी नजिकै रहेको एक होटल तथा पसलबाट जुवा खेलिरहेको अवस्थामा रङ्गेहात पक्राउ गरिएको हो । तासप्रति कठोर नीति लिएको स्थानीय प्रशासनले जिल्ला सदरमुकाम सिमकोटमा जुवाकै खालबाट […]

जनप्रतिनिधिले नै रोपे सडकमा कोदो

दीपक श्रेष्ठ गोरखा, १४ साउन । सडक निर्माणलाई छिटो सम्पन्न गर्न माग गर्दै गोरखा आरुघाट–सडकखण्डमा जनप्रतिनिधिसहितका स्थानीयवासीले कोदो रोपेका छन् । ठेकेदारको चरम लापरवाहीका कारण लामो समयदेखि सो सडकखण्डको काम अवरुद्ध छ गोरखा नगरपालिका–४ का वडाध्यक्ष रामशरण अधिकारीले आज हिलाम्मे सडकमा कोदो रोपेको जानकारी दिए। ढुङ्गागाडे मोडमा वर्षौँदेखि सडक निर्माण अलपत्र हुँदा बर्खाका बेला यात्रुहरु […]

अमेरिकाको अलास्का राज्यमा शक्तिशाली भूकम्प

भर्जिनिया  १४ साउन । अमेरिकामा बिहीबार शक्तिशाली भूकम्प गएको छ । अमेरिकाको अलास्का राज्यको पेरिभिल्ले भन्ने ठाउँमा ८.१ म्याग्नीच्युडको भूकम्प गएको अमेरिकी भूगर्भ विभागले बिहीबार जनाएको छ । स्थानीय समयानुसार दिउँसो २:१५ बजे सो भूकम्प गएकोे बताइएको छ । सामुद्रिक क्षेत्रमा भएकाले कुनै मानवीय र भौतिक क्षतिको विवरण भने प्राप्त नभएको अधिकारीहरुले जानकारी दिएका छन् […]

नवलपरासीबाट ३१ हजार केजी हरियो केराउ बरामद

परासी, १४ साउन । नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) प्रहरीले ठूलो परिमाणमा हरियो केराउ बरामद गरेको छ । नेपालबाट भारततर्फ तस्करी हुँदै गरेका अवस्थामा जिल्लाको सीमावर्ती क्षेत्रबाट प्रहरीले ३१ हजारकेजी केराउ नियन्त्रणमा लिएको हो । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी राजु लामाका अनुसार भैरहवाबाट नवलपरासी हुँदै भारततर्फ लैजान लागेका अवस्थामा बरामद गरिएको हो । बुधबार सातवटा […]

बिजुलीको महसुल घटाउनुपर्छ: मन्त्री भुसाल

जनकपुरधाम, १४ साउन। ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले बिजुलीको महसुल घटाउनुपर्ने खाँचो औँल्याएकी छिन् ।नेकपा (माओवादी केन्द्र) धनुषा शाखाद्वारा आज आयोजित सम्मान कार्यक्रममा उनले आफू २० युनिटसम्म बिजुली निःशुल्क दिने पक्षमा रहेको र यसबाट एक करोडभन्दा अधिक जनता लाभान्वित हुने बताइन। अब बिजुली सस्तो बनाउने योजना ल्याउनुपर्नेमा जोड़ दिँदै मन्त्री भुसालले भनिन ‘निःशुल्क वा […]

प्रधानमन्त्री देउवा र अध्यक्ष दाहालबीच मन्त्रिपरिषद् विस्तारबारे छलफल

काठमाडौँ, १४ साउन । प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भेटवार्ता भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज बिहान भएको भेटवार्तामा मन्त्रिपरिषद् विस्तार र अन्य समसामयिक राजनीतिक विषयमा छलफल भएको प्रधानमन्त्री देउवाका स्वकीय सचिव भानु देउवाले जानकारी दिए । यस्तै बुधबार मात्र मन्त्रिपरिषद् विस्तार र समसामयिक विषयमा छलफल […]

योजना आयोगका उपाध्यक्ष पौडेलले लिए शपथ

भरतपुर, १४ साउन । राष्ट्रिय योजना आयोगका नवनियुक्त उपाध्यक्ष विश्वनाथ पौडेलले शपथ लिएका छन् । पौडेलले आज बिहीबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय सिंहदरबारमा पद तथा गोपनीयताको शपथ लिएका हुन् । कांग्रेस सभापति शेरबहादुर देउवाको नेतृत्वमा नयाँ सरकार गठन भएलगत्तै योजना आयोगका तत्कालीन उपाध्यक्ष डा. पुष्प कँडेललाई हटाएर पौडेल नियुक्त भएका थिए । नवनियुक्त उपाध्यक्ष पौडेललाई […]

मन्त्रिमण्डल पूर्णता दिन सकस

काठमाडौं, १४ साउन । प्रधानमन्त्री शेरबहादुर देउवालाई मन्त्रिमण्डल पूर्णता दिन सकस परेको छ । प्रधानमन्त्रीमा नियुक्त भएको दुई साता बित्दासमेत उनले मन्त्रिमण्डल विस्तार गर्न सकेका छैनन् । मन्त्रिमण्डलको पूर्णता दिन सत्तासाझेदार दलहरूबीच छलफल बाक्लिए पनि निकास निस्कन सकेको छैन । कांग्रेसका सभापतिसमेत रहेका प्रधानमन्त्री देउवाले मंगलबार प्रमुख सत्ता साझेदार दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल […]