२४ घण्टामा चितवनमा १८५ जना संक्रमित थपिए, थप २ जनाको मृत्यु

भरतपुर, १४ साउन ।

पछिल्लो २४ घण्टामा चितवनका थप १८५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । १३९ जनामा पीसीआर तथा ४६ जनामा एन्टिजेन विधिद्वारा गरिएको परीक्षणबाट संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय चितवनले जनाएको हो ।

कार्यालयले बिहीबार प्रकाशन गरेको अद्यावधिक तथ्याङ्क अनुसार पछिल्लो २४ घण्टामा पीसीआर परीक्षणका लागि ८६८ जनाको स्वाब संकलन गरिएको थियो । यस्तै सोही अवधिमा १७५ वटा एन्टिजेन परिीक्षण भएका थिए । पछिल्लो २४ घण्टामा गरिएको परीक्षणमा करिब १७.७३ प्रतिशत नमूनामा कोरोना पोजिटिभ पाइएको हो ।

यस्तै, चितवन जिल्लाभित्र सक्रिय संक्रमितको संख्या हाल २ हजार ३० रहेको कार्यालयले प्रकाशन गरेको तथ्याङ्कमा उल्लेख छ । तीमध्ये ११६ जना अस्पतालको आइशोलेसनमा छन् भने १ हजार ९०५ जना घरमै आइशोलेसनमा रहेका छन् । ९ जना संक्रमित भने स्थानीय तहले निर्माण गरेको आइशोलेसनमा छन् ।

थपिएका संक्रमितसँगै चितवन जिल्लाभित्रका कूल संक्रमितको संख्या २० हजार ९० पुगेको छ । जिल्लाभित्र हालसम्म भरतपुर महानगरपालिकामा सबैभन्दा धेरै १४ हजार ३५० जनामा संक्रमण पुष्टि भइसकेको छ । पछिल्लो २४ घण्टामा जिल्लाका १७० जना संक्रमणमुक्त भएको स्वास्थ्य कार्यालयले जनाएको छ । कार्यालयका अनुसार हालसम्म १७ हजार ७३५ जना संक्रमितलाई निको भइसकेको छ ।

कार्यालयका अनुसार पछिल्लो २४ घण्टामा जिल्लाका २ जना संक्रमितको मृत्यु भएको छ । दुवै जना भरतपुर म.न.पा.का भएको कार्यालयले जनाएको छ । सोसँगै जिल्लाभित्र हालसम्म संक्रमणका कारण ३२७ जनाको ज्यान गएको छ । हालसम्म सबैभन्दा धेरै भरतपुर महानगरपालिकाका २०७ जनाको संक्रमणका कारण मृत्यु भइसकेको छ ।

रत्ननगर नगरपालिकाका ३२ जना संक्रमितको मृत्यु हुँदा खैरहनीका २२ तथा राप्तीका २९ जनाको मृत्यु भएको छ । कालिका नगरपालिकाका २१, माडी नगरपालिकाका १३ तथा इच्छाकामना गाउँपालिकाका ३ जनाको पनि संक्रमणका कारण मृत्यु भएको छ ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट