होटल व्यवसायी महासंघको केन्द्रीय सल्लाहकारमा भेटघाटका तिवारी

भरतपुर, १२ साउन ।

होटल व्यवसायी महासंघ नेपालको केन्द्रीय सल्लाहकारको पदमा चितवनका होटल व्यवसायी गोविन्द प्रसाद तिवारी चयन भएका छन् । महासंघको मंगलबार बसेको बैठकले तिवारीलाई केन्द्रीय सल्लाहकारको पदमा मनोनयन गरेको हो ।

तिवारी नारायणघाटस्थित भेटघाट रेष्टुरेन्टका सञ्चालक हुन् ।

तिवारीले वि.सं. २०४४ सालमा भेटघाट रेष्टुरेन्टको सुरुवात गरेका हुन् । भेटघाट रेष्टुरेन्टलाई विशेषतः तास (मासुको परिकार)को लागि चिनिन्छ । नारायणघाटसँगै भेटघाटका शाखा रेष्टुरेन्ट काठमाडौँ, हेटौँडा र भरतपुर-४ लंकूस्थित जेम्स वर्ल्ड फन पार्कमा पनि रहेका छन् ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट