दुःखीको घरमा थप दुःख (सम्पादकीय)

`दुःखीको घरमा मात्र तेरो बास हुने भए हे ईश्वर दया राखी मलाई अझ दुःख दे ।’ स्वर्गीय नाटककार बालकृष्ण समको यो उक्ति बेलाबेलामा चरितार्थ हुने गर्छ नेपाली समाजमा । पछिल्लो समय एउटा मजदुर परिवार यस्तै दुःखमा परेको छ । मकवानपुरको कैलाश गाउँपालिका ७ कोथलीटारका २५ वर्षीय कृष्ण चेपाङ घरबाट गत असार २३ गते साँझ तरकारी […]

होटल व्यवसायी महासंघको केन्द्रीय सल्लाहकारमा भेटघाटका तिवारी

भरतपुर, १२ साउन । होटल व्यवसायी महासंघ नेपालको केन्द्रीय सल्लाहकारको पदमा चितवनका होटल व्यवसायी गोविन्द प्रसाद तिवारी चयन भएका छन् । महासंघको मंगलबार बसेको बैठकले तिवारीलाई केन्द्रीय सल्लाहकारको पदमा मनोनयन गरेको हो । तिवारी नारायणघाटस्थित भेटघाट रेष्टुरेन्टका सञ्चालक हुन् । तिवारीले वि.सं. २०४४ सालमा भेटघाट रेष्टुरेन्टको सुरुवात गरेका हुन् । भेटघाट रेष्टुरेन्टलाई विशेषतः तास (मासुको […]

टोकियो ओलम्पिकमा नेपाली पौडीबाज शाहले सुधारे राष्ट्रिय कीर्तिमान

भरतपुर, १२ साउन । नेपाली पौडी खेलाडी अलेक्जेन्डर गाडेगार्ड शाहले टोकियो ओलम्पिक २०२० को पुरुष १०० मिटर फ्रिस्टाइलतर्फ राष्ट्रिय कीर्तिमान तोडेका छन् । शाहले मंगलबार उक्त स्पर्धा पूरा गर्न ५३.४१ सेकेन्ड लिएर आफ्नै नाममा रहेको राष्ट्रिय कीर्तिमान सुधार गरेका छन् । ओलम्पिक छात्रवृत्तिमा तयारी गर्दै जापानको यात्रा गरेका १८ वर्षीय एलेक्सले टोकियो अक्वटिक्स सेन्टरमा कीर्तिमान […]

पूर्वसभामुख महराले उच्च अदालतबाट पनि पाए सफाइ

काठमाडौँ, १२ साउन । पूर्वसभामुख कृष्णबहादुर महराले जबर्जस्ती करणी उद्योग मुद्दामा उच्च अदालतबाट पनि सफाइ पाएका छन् । उच्च अदालतले उनीविरुद्धको मुद्दाको सुनुवाइ गर्दै मंगलबार काठमाडौं जिल्ला अदालतले गरेको फैसलालाई नै सदर गरेको हो । उच्च अदालत पाटनका न्यायाधीश माधवप्रसाद पोखरेल र विमल सुवेदीको इजलासले महरा विरुद्धको मुद्दामा काठमाडौं जिल्ला अदालतको फैसला सदर गर्ने फैसला […]

चितवनका अस्पताल तथा आइसोलेसनमा १९७ जना संक्रमितको उपचार हुँदै

भरतपुर, १२ श्रावण । स्वास्थ्य कार्यालय चितवनले मंगलबार प्रकाशन गरेको दैनिक कोभिड–१९ रिपोर्ट अनुसार हाल चितवनका अस्पताल तथा आइशोलेसन केन्द्रमा राखिएका कोरोना संक्रमितको संख्या १८३ पुगेको छ । हाल अस्पतालका आइसीयु कक्षमा ६१ जना, एचडीयू कक्षमा ४४ जना तथा स्थानीय तहले निर्माण गरेका आइशोलेसन केन्द्रका समेत गरी जेनरल बेडमा ७८ जना संक्रमितले उपचार गराइरहेका छन् […]

२४ घण्टामा चितवनमा १९५ जना संक्रमित थपिए, सक्रिय संक्रमित १९५६ जना

भरतपुर, १२ श्रावण । पछिल्लो २४ घण्टामा चितवनका थप १९५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । १५८ जनामा पीसीआर तथा ३७ जनामा एन्टिजेन विधिद्वारा गरिएको परीक्षणबाट संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय चितवनले जनाएको हो । कार्यालयले मंगलबार प्रकाशन गरेको अद्यावधिक तथ्याङ्क अनुसार पछिल्लो २४ घण्टामा पीसीआर परीक्षणका लागि १ हजार ३४ जनाको […]

मन्दिरको सुन चोरी: सात जना प्रहरीको नियन्त्रणमा

बैतडी, १२ साउन । बैतडीको एक मन्दिरको सुन चोरीको आरोपमा सात जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । नियन्त्रणमा लिइएकामध्ये चार जना सुन चोरीमा संलग्न र तीन जना भने सुन खरिद गर्ने व्यापारी रहेका छन् । जिल्लाको दोगडाकेदार गाउँपालिका–१ रीमस्थित लटिनाथ मन्दिरको सुन चोरी भएपछि खरिद गर्ने बैतडीको दशरथचन्द नगरपालिका–४ गढीका सुन चाँदी व्यवसायी ३३ वर्षीय […]

कञ्चनजङ्घा संरक्षण क्षेत्रमा नाउरको सङ्ख्या बढ्दो

फुङ्लिङ, १२ साउन । ताप्लेजुङको कञ्चनजङ्घा संरक्षण क्षेत्रमा नाउरको सङ्ख्या विगतका वर्षमा भन्दा बढ्दै गएको छ । गत महिना नाउर गणनाको तथ्याङ्कले यसको सङ्ख्या बढ्दो देखाएको हो । गत महिमा विश्व वन्यजन्तु कोष र कञ्चनजङ्घा संरक्षण क्षेत्र व्यवस्थापन परिषद्को सहकार्यमा नाउरको गणना भएको थियो । गणनामा कञ्चनजङ्घा संरक्षण क्षेत्रभित्र एक हजार ४२१ सङ्ख्यामा नाउर रहेको […]

पैसाको अभावले उपचारमा सकस

भरतपुर, १२ साउन । मकवानपुरको कैलाश गाउँपालिका- ७ कोथलीटारका २५ वर्षीय कृष्ण चेपाङ घरबाट गत असार २३ गते साँझ तरकारी किन्न बजारतिर निस्के । श्रीमती रस्मिता चेपाङलाई ‘छिट्टै तरकारी लिएर आउँछु’ भनेर बसामाढी निस्केका उनी घर फर्कन पाएनन् । तरकारी किन्न गएका उनलाई बाटोमै मोटरसाइकलले ठक्कर दियो । अहिले उनी भरतपुरस्थित कलेज अफ मेडिकल साइन्सेस् […]

सातवटै प्रदेशलाई अक्सिजन भरेर राख्न स्वास्थ्य मन्त्रालयको निर्देशन

काठमाडौँ, १२ साउन । रासस स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सातवटै प्रदेशका सामाजिक विकास मन्त्रालयलाई कम्तीमा एक हजार दरले अक्सिजनका सिलिण्डर भरेर तयारी व्यवस्थापन गर्न निर्देशन दिएको छ । सङ्क्रमण दर बढ्दै गएकाले तेस्रो लहर आउन सक्ने भन्दै सबै सामाजिक विकास मन्त्रालयलाई एक हजार दरले अक्सिजनका सिलिण्डर तयारी अवस्थामा निर्देशन दिइएको मन्त्रालयको गुणस्तर तथा नियमन महाशाखा […]