चितवनका अस्पताल तथा आइसोलेसनमा १९७ जना संक्रमितको उपचार हुँदै

भरतपुर, १२ श्रावण ।

स्वास्थ्य कार्यालय चितवनले मंगलबार प्रकाशन गरेको दैनिक कोभिड–१९ रिपोर्ट अनुसार हाल चितवनका अस्पताल तथा आइशोलेसन केन्द्रमा राखिएका कोरोना संक्रमितको संख्या १८३ पुगेको छ ।

हाल अस्पतालका आइसीयु कक्षमा ६१ जना, एचडीयू कक्षमा ४४ जना तथा स्थानीय तहले निर्माण गरेका आइशोलेसन केन्द्रका समेत गरी जेनरल बेडमा ७८ जना संक्रमितले उपचार गराइरहेका छन् । आइसीयुमा रहेकामध्ये ११ जनाले भने श्वासप्रश्वासका लागि भेण्टिलेटरको सहायता लिइरहेको स्वास्थ्य कार्यालयले जनाएको छ ।

कार्यालयका अनुसार हाल भरतपुर अस्पतालमा ९०, चितवन मेडिकल कलेज (सीएमसी) शिक्षण अस्पतालमा ४४, कलेज अफ मेडिकल साइन्सेस (सीएमएस) शिक्षण अस्पतालमा १४ तथा विपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा ९ जना संक्रमितको उपचार भइरहेको छ । यस्तै भरतपुरका अन्य निजी अस्पतालमा पनि १२ जना संक्रमितले उपचार गराइरहेका छन् ।

अस्पताल तथा स्थानीय तहले तयार पारेको आइशोलेसन केन्द्र समेत गरी जिल्लामा हाल संक्रमितको उपचारका लागि ९४४ वटा शैया छुट्याइएका छन् ।

हाल जिल्लाभित्र भरतपुर महानगरपालिकाको आइसोलेसन केन्द्रमा ८ जना तथा कालिका नगरपालिकाको आइसोलेसन केन्द्रमा ६ जना संक्रमित राखिएका छन् । अन्य स्थानीय तहका आइशोलेसन भने खालि रहेको स्वास्थ्य कार्यालयले जनाएको छ ।

यस्तै, पछिल्लो २४ घण्टामा चितवन जिल्लाका अस्पतालमा उपचार गराइरहेका १ जना कोरोना भाइरस संक्रमितको मृत्यु भएको छ । स्वास्थ्य कार्यालयका अनुसार सीएमसी शिक्षण अस्पतालमा ज्यान गुमाएका ती संक्रमित मकवानपुरका हुन् ।
यस्तै, पछिल्लो २४ घण्टामा अस्पताल तथा आइशोलेसन केन्द्रबाट ३५ जना डिस्चार्ज भएका छन् ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट