अघिल्ला खोप अभियानमा छुटेकालाई श्रावण ११ र १२ गते भेरो सेल खोपको पहिलो मात्रा दिइने

भरतपुर, १० श्रावण ।

चितवन जिल्लामा कोरोना भाइरस विरुद्धको खोप अभियान अन्तर्गत पहिलो मात्राको खोप लगाउन छुटेका नागरिकका लागि अर्काे खोप अभियान सञ्चालन गरिने भएको छ । स्वास्थ्य कार्यालय चितवनका अनुसार गएको साउन १ देखि ३ गतेसम्म भेरो सेल खोपको पहिलो मात्रा लगाउन छुटेका लक्षित समूहका लागि फेरि खोप कार्यक्रम ल्याइएको हो ।

कार्यालयका अनुसार खोपको पहिलो मात्रा लगाउन छुटेका नागरिकलाई श्रावण ११ र १२ गते (भोलि र पर्सि) भेरो सेल खोपको पहिलो मात्रा प्रदान गरिनेछ । लक्षित समूहमा परेकाले आफ्नो परिचय खुल्ने कागतपत्र वा नागरिकता देखाएर जिल्लाका वडास्थित स्वास्थ्य चौकीबाट खोप लगाउन सक्नेछन् ।

यो अभियानमा ५५ वर्षमाथिका नागरिक, विश्वविद्यालय र विद्यालयका प्राध्यापक, शिक्षक तथा कर्मचारी, सार्वजनिक सवारीसाधनका चालक तथा सहचालक, लगायत व्यक्तिले भेरो सेल खोपको पहिलो मात्रा लगाउन सक्ने स्वास्थ्य कार्यालयले जनाएको छ । यस्तै कोरोना भाइरस नियन्त्रणमा अग्रपंक्तीमा रहेर कार्म गर्ने नागरिक, जनप्रतिनिधि, सरकारी कर्मचारी, एम्बुलेन्स तथा शव वहानका चालक लगायतलाई पनि भेरो सेल खोपको पहिलो मात्रा प्रदान गरिने जनाइएको छ ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट