बेटर चितवनद्वारा रत्ननगरका ८६ विपन्न परिवारलाई सहयोग

भरतपुर, १० साउन । बेटर चितवनले चितवनका ८६ विपन्न परिवारलाई खाद्यान्न, तथा सरसफाई सामग्री सहयोग गरेको छ । संस्थाको साथी कार्यक्रम अन्तर्गत आइतबार पूर्वीचितवनको रत्ननगर नगरपालिका वडा नम्बर ५ र १५ मा आर्थिक अवस्था कमजोर भएका ८६ परिवारलाई खाद्यान्न तथा सरसफाई सामग्री सहयोग गरेको हो । रत्ननगर नगरपालिकासँगको समन्वयमा सम्बन्धित वडा कार्यालयसँगको सहकार्यमा आयोजना गरिएको […]

देशभर २४ घण्टामा २२३७ जना संक्रमित थपिए, १८ जनाको मृत्यु पुष्टि

भरतपुर, १० श्रावण । नेपालभर पछिल्लो २४ घण्टामा थप २ हजार २३७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार प्रकाशन गरेको अद्यावधिक तथ्यांक अनुसार पछिल्लो एक दिनमा पीसीआर विधिबाट गरिएका १० हजार ५६९ परीक्षणमा १ हजार ५३९ तथा एन्टिजेन विधिबाट गरिएका ३ हजार २६५ परीक्षणमा ६९८ जनामा संक्रमण पुष्टि […]

आइपीएल-२०२१ का बाँकी खेल युएईमा खेलिने

भरतपुर, १० श्रावण । खेलाडीहरूमा कोरोना भाइरसको संक्रमण पुष्टि भएपछि रोकिएको चौधौँ संस्करणको इण्डियन प्रिमियर लिग आइपिएल टिट्वान्टी का बाँकी खेल आगामी सेप्टेम्बर १९ तारिखदेखि युएईमा खेलिने भएको छ । प्रतियोगिताको आयोजक भारतीय क्रिकेट बोर्ड (बीसीसीआई)ले आइतबार साँझ प्रतियोगिताका बाँकी खेलहरूको तालिका समेत सार्वजनिक गरिसकेको छ । गत वर्षको आइपिएलको संस्करण पनि कोरोना भाइरस महामारीका […]

निषेधाज्ञा खुकुलोसँगै आशावादी बने चितवनका पर्यटन व्यवसायी

नारायण अधिकारी भरतपुर  , १० साउन । कोरोना सङ्क्रमणका कारण एक वर्षभन्दा बढी समयदेखि प्रभावित बनेका यहाँका पर्यटन व्यवसायी र मजदूरमा आशा जागेको छ । कोरोनाको दोस्रो लहरसँगै निरास बनेका व्यावसायी आउँदा दिन सहज बन्ने अपेक्षामा छन् । गत वर्षको चैतयता विदेशी पर्यटक आउन नसक्दा यहाँको पर्यटन व्यवसाय प्रभावित बनेको छ । बीचका केही महिना […]

निर्मला प्रकरणका तीन वर्षः अझै अपराधी पत्ता लागेन

महेन्द्रनगर, १० साउन। भीमदत्त नगरपालिका–२ का १३ वर्षीया निर्मला पन्त हत्या प्रकरणका तीन वर्ष बितिसकेको छ ।साथीको घरबाट स्कुलको गृहकार्य गरी घर फर्किने क्रममा सम्र्पकबिहीन भएकी उनीको बलात्कारपछि हत्या गरिएका अवस्थामा शव उखुबारीमा भेटिएको थियो । ‘निर्मला हत्या प्रकरणमा न्याय पाऔँ’ भन्दै निर्मलाका बुबा, स्थानीयवासी र अधिकारकर्मीले आज दिउँसो महेन्द्रनगर बजारमा ¥याली निकालेका छन् । […]

भारतमा बाढी पहिरोमा परी १२४ जनाको मृत्यु , उद्धार कार्य जारीे

मुम्बई, १० साउन । भारतमा भारी मनसून वर्षाको कारण उत्पन्न बाढी र पहिरोबाट मृत्यु हुनेको सङ्ख्या आइतबार १२४ पुगेको छ भारतीय अधिकारीले पुष्टि गरेका छन् । अरु दर्जनौं हराइरहेकाको खोजीका लागि उद्धारकर्मीहरू जुटिरहेको बताइएको छ । भारतको पश्चिमी क्षेत्रमा बिहीबारदेखि मुसलधारे वर्षा भएको छ । भारतीय मौसम विज्ञान विभागले आउँदो केही दिनमा थप वर्षा हुने […]

अघिल्ला खोप अभियानमा छुटेकालाई श्रावण ११ र १२ गते भेरो सेल खोपको पहिलो मात्रा दिइने

भरतपुर, १० श्रावण । चितवन जिल्लामा कोरोना भाइरस विरुद्धको खोप अभियान अन्तर्गत पहिलो मात्राको खोप लगाउन छुटेका नागरिकका लागि अर्काे खोप अभियान सञ्चालन गरिने भएको छ । स्वास्थ्य कार्यालय चितवनका अनुसार गएको साउन १ देखि ३ गतेसम्म भेरो सेल खोपको पहिलो मात्रा लगाउन छुटेका लक्षित समूहका लागि फेरि खोप कार्यक्रम ल्याइएको हो । कार्यालयका अनुसार […]

चितवनका अस्पताल तथा आइसोलेसनमा १९५ जना संक्रमितले उपचार गराउँदै

भरतपुर, १० श्रावण । स्वास्थ्य कार्यालय चितवनले आइतबार प्रकाशन गरेको दैनिक कोभिड–१९ रिपोर्ट अनुसार हाल चितवनका अस्पताल तथा आइशोलेसन केन्द्रमा राखिएका कोरोना संक्रमितको संख्या १९५ पुगेको छ । हाल अस्पतालका आइसीयु कक्षमा ६६ जना, एचडीयू कक्षमा ४१ जना तथा स्थानीय तहले निर्माण गरेका आइशोलेसन केन्द्रका समेत गरी जेनरल बेडमा ८८ जना संक्रमितले उपचार गराइरहेका छन् […]

२४ घण्टामा चितवनमा ६६ जना संक्रमित थपिए, सक्रिय संक्रमित १८२५ जना

भरतपुर, १० श्रावण । पछिल्लो २४ घण्टामा चितवनका थप ६६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । सबै ६६ जनामा पीसीआर विधिद्वारा गरिएको परीक्षणबाट संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय चितवनले जनाएको हो । कार्यालयले आइतबार प्रकाशन गरेको अद्यावधिक तथ्याङ्क अनुसार पछिल्लो २४ घण्टामा पीसीआर परीक्षणका लागि ५८० जनाको स्वाब संकलन गरिएको थियो । […]

स्वास्थ्य राज्यमन्त्रीमा उमेश श्रेष्ठ नियुक्त

काठमाडौं, १० श्रावण । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा स्वास्थ्य राज्यमन्त्रीमा उमेश श्रेष्ठलाई नियुक्त गरेकी छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री देउवाले नै सम्हाल्ने गरी श्रेष्ठलाई राज्यमन्त्रीमा नियुक्त गरिएको राष्ट्रपति कार्यालयद्वारा जारी गरिएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

चितवनमा श्रावण १४ गतेदेखि जेन्सेन खोप प्रदान गरिने

भरतपुर, १० श्रावण । कोरोना भाइरस विरुद्धको खोप अभियान अन्तर्गत चितवन जिल्लामा श्रावण १४ गतेदेखि जेन्सेन खोप वितरण गरिने भएको छ । अमेरिकी कम्पनी जोन्सन एण्ड जोन्सनद्वारा उत्पादित सो खोप एक मात्र मात्रा लगाए पुग्ने खालको खोप यो । नेपालमा यसअघि प्रयोगमा ल्याइएका कोभिसिल्ड र भेरो सेल खोप दुई मात्रामा लगाउनुपर्ने खालका खोप हुन् । […]

वैदेशिक रोजगारका क्रममा मलेसियामा ज्यान गुमाएका नेपालीको शव स्वदेश ल्याइयो

काठमाडौँ, १० साउन । वैदेशिक रोजगारीका शिलशिलामा विभिन्न कारणले ज्यान गुमाएका नेपाली नागरिकको शव नेपाल ल्याइएको छ । राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमको वाइडबडी जहाजले शनिबार मलेसियाको राजधानी क्वालालम्पुरबाट २४ वटा शव तथा ३ वटा अस्तु ल्याएको हो । निगमका जहाजले हरेक महिनाको एक उडानबाट नेपाली नागरिकको शव ल्याइरहेका छन् । मलेशियामा ज्यान गुमाएका नेपालीको […]

यातायात व्यवसायीले सरकारलाई बुझाए गाडीको साँचो

काठमाडौँ, १० साउन । आफ्ना माग सम्बोधन गर्न दबाब दिँदै आएका यातायात व्यवसायीहरूले सरकारलाई सार्वजनिक सवारीसाधनको साँचो बुझाएका छन् । कोरोना भाइरस विरुद्धको खोपको उचित व्यवस्था गर्नुपर्ने, भाडा समायोजन गर्नुपर्ने लगायतका ७ बुँदे माग राखेर आन्दोलन गर्दै आएका यातायात व्यवसायीहरूले काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीमार्फत् प्रधानमन्त्री शेरबहादुर देउवालाई सार्वजनिक सवारीसाधनको साँचो बुझाएका हुन् । […]

अस्ट्रेलियामा लकडाउनको विरोधमा ठूला सहरहरूमा प्रदर्शन, प्रधानमन्त्री मोरिसनद्वारा निन्दा

सिड्नी, १० साउन। अष्ट्रेलियाका विभिन्न राज्यमा सङ्क्रमण फैलिन थालेपछि सिड्नीलगायतका सहरहरूमा सरकारद्वारा जारी लकडाउन र स्वास्थ्य सङ्कटकालको विरोधमा विभिन्न सहरहरूमा ठूला प्रदर्शन भएका छन् । सिड्नी, ब्रिस्बेन र मेल्बर्नमा भएका प्रदर्शनमा प्रदर्शनकारीहरू बढी आक्रामक बनेका खबरहरू प्राप्त भएका छन् । सिड्नीमा प्रदर्शनकारीले घोडसवार प्रहरीमाथि विभिन्न वस्तुले प्रहार गरेका एक अधिकारीले दावी गरे । सरकारले महामारी […]

कोप–२६ सम्मेलनभन्दा पहिले बेलायतद्वारा ५१ देशका वातावरणमन्त्रीसँग छलफल

लन्डन, १० साउन । सन् २०२१ को नोभेम्बरमा बेलायतको आयोजनामा स्कटल्याण्डको ग्लासगोमा हुने संयुक्त राष्ट्रसंघ जलवायु सम्मेलन (कोप–२६) भन्दा पहिले बेलायतले जलवायु परिवर्तन समस्याबारे विभिन्न ५१ देशका जलवायु तथा वातावरण मन्त्रीहरूसँग छलफलको आयोजना गर्ने भएको छ । बेलायत सरकारका मन्त्री तथा कोप–२६ शिखर सम्मेलनका अध्यक्ष आलोक शर्माको संयोजकत्वमा हुने भेलाले शिखर सम्मेलनमा “समाधानको आवश्यक पर्ने […]

विपद्ले निम्त्याएको दुःख

काठमाडौँ, १० साउन। बाढी र पहिराले गत वर्ष थिल्थिलो बनाएको सिन्धुपाल्चोक जिल्ला यसपाली पनि मनसुनको शुरुआतमै नराम्ररी क्षति बेहोर्न पुग्यो । जिल्लाको हेलम्बु र मेलम्ची क्षेत्रमा नसोचेको बाढी आउँदा बजार नै तहसनहस भयो । हेलम्बु गाउँपालिका– १ नाकुत्तेभन्दा ५०० मिटर माथिबाट पहिरो खसेर मेलम्ची नदी थुनिएर फुटेपछि ठूलो दुर्घटना हुन पुगेको थियो । विज्ञका अनुसार […]

लागुऔषध कारोवार गर्ने १५१ व्यक्ति पक्राउ

वाग्मती, १० साउन । नेपाल सरकारले प्रतिबन्ध गरेको लागुऔषधको कारोवार गर्ने १५१ व्यक्तिलाई जिल्ला प्रहरी कार्यालय मकवानपुरले गत आर्थिक वर्षमा पक्राउ गरी कारवाही गरेको छ । भारतबाट अवैधरुपमा ल्याइएको र नेपाल सरकारले प्रतिबन्ध गरेका लागुऔषध, गाँजा तथा अफिमको अवैध कारोवारमा संलग्न ती व्यक्तिलाई आव ०७७/७८ मा पक्राउ गरिएको प्रहरीले जनाएको छ । जिल्लाका विभिन्न स्थानमा […]

जडीबुटी र फलफूलका बिरुवा वितरण गरिँदै

भरतपुर १० साउन । डिभिजन वन कार्यालय चितवनले जडीबुटी र फलफूलका बिरुवा वितरण गरिरहेको छ । डिभिजन वन कार्यालयका सूचना अधिकारी बालकृष्ण खनालका अनुसार आर्थिक वर्ष २०७७÷७८ मा जडीबुटी, फलफूल र अन्य बिरुवा गरी डेढ लाख बिरुवा वितरण भइसकेको छ । उहाँले डिभिजन वन कार्यालयले चालु आवमा दुई लाख पाँच हजार बिरुवा उत्पादन गरेको बताए […]

राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक अल्मुताइरीद्वारा राजीनामा दिने घोषणा

काठमाडौं १० साउन । नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले राजीनामाको घोषणा गरेका छन् ।प्रशिक्षक अब्दुल्लाहले अखिल नेपाल फुटबल संघ (एन्फा)का वरिष्ठ उपाध्यक्ष पंकजबिक्रम नेम्वाङको कारणले राजीनामा दिन लागेको सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन् । ‘प्रिय नेपाली समर्थकहरू‘ म वरिष्ठ उपाध्यक्षले पछिल्लो तीन हप्तादेखि गरिरहेको नाटकका कारण राजीनामा दिन गइरहेको छु’ उनले […]

एक अर्ब ४० करोड बराबरको सिमेन्ट बिक्री

वाग्मती, १० साउन। वाग्मती प्रदेशको राजधानी हेटौँडास्थित नेपाल सरकारको पूर्ण स्वामित्वमा रहेको हेटौँडा सिमेन्ट उद्योग लिमिटेडले गत आर्थिक वर्ष २०७७/७८ मा कूल रु एक अर्ब ४० करोड ३३ लाख ९९ हजार ४४.१५ पैसा बराबरको सिमेन्ट बिक्री गरेको जनाएको छ । सो आवमा कूल १८ लाख ५३ हजार ७६४ बोरा सिमेन्ट बिक्रीबाट सो बराबरको आर्थिक कारोवार […]

शैक्षिक कार्यक्रम सञ्चालन गर्दै बकुलहर रत्ननगर अस्पताल

भरतपुर १० साउन । बकुलहर रत्ननगर अस्पताल र मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानबीच चिकित्सा विधाका विविध सङ्कायमा अध्ययन÷अध्यापन गराउने सम्बन्धमा सहमति भएको छ । सहमतिसँगै अस्पतालमा शैक्षिक गतिविधि सञ्चालन गर्न बाटो खुलेको छ । अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा विश्वबन्धु बगालेले अस्पताल र प्रतिष्ठानबीच शैक्षिक कार्यक्रम सञ्चालन गर्न सम्झौता भएको जानकारी दिए । सम्झौताअनुसार प्रदेश सरकार […]

शोकमा हुप्सेकोट गाउँपालिका बन्द

नवलपुर, १० साउन । नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को हुप्सेकोट गाउँपालिकाको गाउँसभा सदस्यको निधनमा आज एक दिन गाउँपालिकाको सम्पूर्ण सेवा बन्द गरिएको छ । गाउँसभा सदस्य ६२ वर्षीया विष्णुमाया विकको यही साउन ८ गते उपचारका क्रममा मृत्यु भएको भन्दै शोकमा आज गाउँपालिका बन्द गरिएको हो । गाउँपालिका अध्यक्ष लक्ष्मीदेवी पाण्डेले शोक वक्तव्य जारी गर्दै विकको सम्मानमा आज गाउँपालिका बन्द […]