चितवनका अस्पताल तथा आइसोलेसनमा १९५ जना संक्रमितले उपचार गराउँदै

भरतपुर, १० श्रावण ।

स्वास्थ्य कार्यालय चितवनले आइतबार प्रकाशन गरेको दैनिक कोभिड–१९ रिपोर्ट अनुसार हाल चितवनका अस्पताल तथा आइशोलेसन केन्द्रमा राखिएका कोरोना संक्रमितको संख्या १९५ पुगेको छ ।

हाल अस्पतालका आइसीयु कक्षमा ६६ जना, एचडीयू कक्षमा ४१ जना तथा स्थानीय तहले निर्माण गरेका आइशोलेसन केन्द्रका समेत गरी जेनरल बेडमा ८८ जना संक्रमितले उपचार गराइरहेका छन् । आइसीयुमा रहेकामध्ये ९ जनाले भने श्वासप्रश्वासका लागि भेण्टिलेटरको सहायता लिइरहेको स्वास्थ्य कार्यालयले जनाएको छ ।

कार्यालयका अनुसार हाल भरतपुर अस्पतालमा ८९, चितवन मेडिकल कलेज (सीएमसी) अस्पतालमा ५१, कलेज अफ मेडिकल साइन्सेस (सीएमएस) अस्पतालमा १८ तथा विपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा १० जना संक्रमितको उपचार भइरहेको छ । यस्तै भरतपुरका अन्य निजी अस्पतालमा पनि १५ जना संक्रमितले उपचार गराइरहेका छन् ।

अस्पताल तथा स्थानीय तहले तयार पारेको आइशोलेसन केन्द्र समेत गरी जिल्लामा हाल संक्रमितको उपचारका लागि ९४४ वटा शैया छुट्याइएका छन् ।

हाल जिल्लाभित्र भरतपुर महानगरपालिकाको आइसोलेसन केन्द्रमा ८ जना तथा कालिका नगरपालिकाको आइसोलेसन केन्द्रमा ४ जना संक्रमित राखिएका छन् । अन्य स्थानीय तहका आइशोलेसन भने खालि रहेको स्वास्थ्य कार्यालयले जनाएको छ ।

यस्तै, पछिल्लो २४ घण्टामा चितवन जिल्लाका अस्पतालमा उपचार गराइरहेका ३ जना कोरोना भाइरस संक्रमितको मृत्यु भएको छ । स्वास्थ्य कार्यालयका अनुसार तीनै जना संक्रमितको भरतपुर अस्पतालमा ज्यान गएको हो ।

मृतकहरू चितवन, नवलपुर र कास्कीका हुन् । यस्तै, पछिल्लो २४ घण्टामा अस्पताल तथा आइशोलेसन केन्द्रबाट २७ जना डिस्चार्ज भएका छन् ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट