२४ घण्टामा चितवनमा ६६ जना संक्रमित थपिए, सक्रिय संक्रमित १८२५ जना

भरतपुर, १० श्रावण ।

पछिल्लो २४ घण्टामा चितवनका थप ६६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । सबै ६६ जनामा पीसीआर विधिद्वारा गरिएको परीक्षणबाट संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय चितवनले जनाएको हो ।

कार्यालयले आइतबार प्रकाशन गरेको अद्यावधिक तथ्याङ्क अनुसार पछिल्लो २४ घण्टामा पीसीआर परीक्षणका लागि ५८० जनाको स्वाब संकलन गरिएको थियो । यस्तै सोही अवधिमा २ वटा एन्टिजेन परिीक्षण भएका थिए । पछिल्लो २४ घण्टामा गरिएको परीक्षणमा करिब ११.३४ प्रतिशत नमूनामा कोरोना पोजिटिभ पाइएको हो ।

यस्तै, चितवन जिल्लाभित्र सक्रिय संक्रमितको संख्या हाल १ हजार ८२५ रहेको कार्यालयले प्रकाशन गरेको तथ्याङ्कमा उल्लेख छ । तीमध्ये १११ जना अस्पतालको आइशोलेसनमा छन् भने १ हजार ७०६ जना घरमै आइशोलेसनमा रहेका छन् । ८ जना संक्रमित भने स्थानीय तहले निर्माण गरेको आइशोलेसनमा छन् ।

थपिएका संक्रमितसँगै चितवन जिल्लाभित्रका कूल संक्रमितको संख्या १९ हजार ३३७ पुगेको छ । जिल्लाभित्र हालसम्म भरतपुर महानगरपालिकामा सबैभन्दा धेरै १३ हजार ८४५ जनामा संक्रमण पुष्टि भइसकेको छ । पछिल्लो २४ घण्टामा जिल्लाका १९८ जना संक्रमणमुक्त भएको स्वास्थ्य कार्यालयले जनाएको छ । कार्यालयका अनुसार हालसम्म १७ हजार १९१ जना संक्रमितलाई निको भइसकेको छ ।

कार्यालयका अनुसार पछिल्लो २४ घण्टामा जिल्लाका १ जना संक्रमितको मृत्यु भएको कार्यालयले जनाएको छ । मृतक खैरहनी नगरपालिकाका भएको कार्यालयले जनाएको छ । सोसँगै जिल्लाभित्र हालसम्म संक्रमणका कारण ३२१ जनाले ज्यान गुमाइसकेका छन् । हालसम्म सबैभन्दा धेरै भरतपुर महानगरपालिकाका २०४ जनाको संक्रमणका कारण मृत्यु भइसकेको छ ।

रत्ननगर नगरपालिकाका ३२ जना संक्रमितको मृत्यु हुँदा खैरहनीका २२ तथा राप्तीका २९ जनाको मृत्यु भएको छ । कालिका नगरपालिकाका २०, माडी नगरपालिकाका ११ तथा इच्छाकामना गाउँपालिकाका ३ जनाको पनि संक्रमणका कारण मृत्यु भएको छ ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट