जडीबुटी र फलफूलका बिरुवा वितरण गरिँदै

भरतपुर १० साउन ।

डिभिजन वन कार्यालय चितवनले जडीबुटी र फलफूलका बिरुवा वितरण गरिरहेको छ । डिभिजन वन कार्यालयका सूचना अधिकारी बालकृष्ण खनालका अनुसार आर्थिक वर्ष २०७७÷७८ मा जडीबुटी, फलफूल र अन्य बिरुवा गरी डेढ लाख बिरुवा वितरण भइसकेको छ । उहाँले डिभिजन वन कार्यालयले चालु आवमा दुई लाख पाँच हजार बिरुवा उत्पादन गरेको बताए ।

उनले भने , “फलफूल र केही जडीबुटीका बिरुवा खरीद गरेर ल्याई वितरण गरेका हौँ, अन्य बिरुवा डिभिजन वन कार्यालयले नै उत्पादन गरेको छ ।” उनले डिभिजन वन कार्यालयमै एक लाख ७५ हजार बिरुवा र ३० हजार बिरुवा खैरहनी सबडिभिजन वन कार्यालयमा उत्पादन गरिएको जानकारी दिए।

सूचना अधिकारी खनालले भने, “कबुलियती वन, सामुदायिक वन र अन्य निजी सङ्घसंस्थालाई बिरुवा वितरण गरेका छौँ ।” उनले बिरुवा वितरण कार्य अन्तिम चरणमा पुगेको बताए । जिल्लामा ४३१ कबुलियती वन र ९३ सामुदायिक वन छन् ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट