भरतपुर, ९ साउन ।
टोकियो ओलम्पिकमा पहिलो ११ स्वर्ण पदकका लागि प्रतिस्पर्धा भएको थियो । त्यसमा चीनले तीन स्वर्ण पदक जित्यो । इटाली, जापान, दक्षिण कोरिया, इक्वेडर, हंगेरी, इरान, कोसोभो र थाइल्यान्डले एकएक स्वर्ण पदक जिते ।
दोस्रो दिन आइतबार १८ स्वर्ण पदकका लागि प्रतिस्पर्धा हुनेछ । चीनकी याङ क्विन टोकियो ओलम्पिकमा स्वर्ण जित्ने पहिलो खेलाडी बनिन् । उनले महिला १० मिटर इयर राइफलमा स्वर्ण पदक जितेकी थिइन् ।





