टोकियो ओलम्पिकः पहिलो दिन चीनलाई तीन स्वर्ण

भरतपुर, ९ साउन । टोकियो ओलम्पिकमा पहिलो ११ स्वर्ण पदकका लागि प्रतिस्पर्धा भएको थियो । त्यसमा चीनले तीन स्वर्ण पदक जित्यो । इटाली, जापान, दक्षिण कोरिया, इक्वेडर, हंगेरी, इरान, कोसोभो र थाइल्यान्डले एकएक स्वर्ण पदक जिते । दोस्रो दिन आइतबार १८ स्वर्ण पदकका लागि प्रतिस्पर्धा हुनेछ । चीनकी याङ क्विन टोकियो ओलम्पिकमा स्वर्ण जित्ने पहिलो […]

जङ्गली च्याउ खाँदा बाबु छोराको मृत्यु

इलाम, ९ साउन। इलामको फाकफोकथुममा जङ्गली च्याउको तरकारी खाँदा बाबु–छोराको मृत्यु भएको छ ।मृत्यु हुनेमा फाकफोकथुम–१ का ५१ वर्षीय लेखबहादुर लिम्बू र उनका छोरा १२ वर्षीय दिवस लिम्बू रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । प्रहरीका अनुसार गत साउन ३ गते घर नजिकैको जङ्गलबाट ल्याएको च्याउको तरकारी खाँदा बिरामी परेका दुबै जनालाई उपचारका लागि विराटनगरस्थित […]

बुद्ध एयरले पोखरा-नेपालगञ्ज सीधा उडान थाल्दै

भरतपुर, ९ साउन । निजी वायुसेवा प्रदायक कम्पनी बुद्ध एयरले साउन १७ देखि पोखराबाट नेपालगन्ज सीधा उडान थाल्ने भएको छ । सुरुमा साताका तीन दिन (आइतबार, बुधबार र शुक्रबार) उडान गरिने र त्यसपछि दैनिक उडान गर्ने योजना बनाएको कम्पनीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । यी उडानबाट दुवै ठाउँका पर्यटकीय स्थलमा चहलपहल बढ्ने अपेक्षा गरिएको […]

कोइरालाको `अजिब मान्छे´ सार्वजनिक

भरतपुर, ९ साउन । लेखक सीताराम कोइरालाको संस्मरणसङ्ग्रह `अजिब मान्छे´ सार्वजनिक भएको छ । सम्पूर्ण किताब नारायणगढमा शनिबार आयोजित कार्यक्रममा बलराम वाङ्मय प्रतिष्ठानका अध्यक्ष पूर्णप्रसाद अधिकारीले पुस्तकको विमोचन गरेका हुन् । पुस्तक अघिल्लो वर्ष नै प्रकाशन भए पनि निषेधाज्ञाका कारण विमोचन हुन सकेको थिएन । पुस्तकमाथि समीक्षक उदय अधिकारी र ईश्वर कँडेलले टिप्पणी राखे । […]

साताको शेयर बजार ४२ अर्ब ५१ करोडको कारोबार

काठमाडौँ, ९ साउन। नयाँ आर्थिक वर्षको शुरुआतमा धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक र कारोबार रकम दुवैमा सकारात्मक सङ्केत देखिएको छ । बजार पूँजीकरणमा समेत उत्साहजनक अवस्था सिर्जना भएको छ । नयाँ सरकार गठन भएपछि लगानीकर्तामा विश्वाससमेत बढेको पाइएको छ । नेप्से परिसूचकसमेत तीन हजार विन्दुमा पुगेको छ । यो हालसम्मकै शीर्ष स्थान हो […]

मदिराका कारण बढ्दै आपराधिक घटना

विमलबहादुर विष्ट, डोटी, ९ साउन। जिल्लामा मदिराका कारण आपराधिक घटनामा वृद्धि हुँदै गएको पाइएको छ । जिल्लामा गत आर्थिक वर्षको तुलनामा यस आवमा मदिराका कारण आपराधिक घटनामा वृद्धि भएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका सहप्रवक्ता तथा प्रहरी निरीक्षक रवीन्द्र चन्दका अनुसार जिल्ला प्रहरी कार्यालय डोटी आव २०७७र७८ मा कूल १३९ […]

टोकियो ओलम्पिकमा दक्षिण कोरियालाई पहिलो स्वर्ण

टोकियो ९ साउन। जापानको राजधानी टोकियोमा भइरहेको ओलम्पिक प्रतियोगितामा दक्षिण कोरियाले पहिलो स्वर्ण जितेको छ । शनिबार भएको आर्चरी प्रतियोगितामा अनसान र किम जे डोकले नेदरल्याण्डका प्रतिश्पर्धीलाई पछाडी पार्दै स्वर्ण जितेका हुन् । प्रतियोगितामा ५—३ को अन्तरले दक्षिण कोरियाको जित भएको हो । नेदरल्याण्डले रजत पदक प्राप्त गरेको छ भने मेक्सिकोले कास्य पदक जितेको छ […]

प्रशासनले निषेधाज्ञा थपेको थप्यै, नागरिक भने असन्तुष्ट

भरतपुर, ९ श्रावण । जिल्ला प्रशासन कार्यालय चितवनले कोरोना भाइरस महामारी नियन्त्रण तथा रोकथामका लागि जारी गरिएको निषेधाज्ञाको समयावधि बिहीबार दशौँ पटक थप गर्‍यो । गत वैशाख १६ गतेको मध्यरातदेखि लागू गरिएको निषेधाज्ञालाई प्रशासनले थप ७ दिनका लागि निरन्तरता दिइने निर्णय गरेको हो । प्रशासनले फेरि पनि निषेधाज्ञा लम्ब्याएसँगै स्थानीयहरूका असन्तुष्टि स्वर सुनिन थालेका हुन् […]

२४ घण्टामा चितवनमा १४३ जना संक्रमित थपिए, सक्रिय संक्रमित २ हजार नजिक

भरतपुर, ९ श्रावण । पछिल्लो २४ घण्टामा चितवनका थप १४३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । १२५ जनामा पीसीआर तथा १८ जनामा एन्टिजेन विधिद्वारा गरिएको परीक्षणबाट संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय चितवनले जनाएको हो । कार्यालयले शनिबार प्रकाशन गरेको अद्यावधिक तथ्याङ्क अनुसार पछिल्लो २४ घण्टामा पीसीआर परीक्षणका लागि ८९९ जनाको स्वाब संकलन […]

चितवनका अस्पतालमा उपचाररत संक्रमितको संख्यामा वृद्धि

भरतपुर, ९ श्रावण । स्वास्थ्य कार्यालय चितवनले शनिबार प्रकाशन गरेको दैनिक कोभिड–१९ रिपोर्ट अनुसार हाल चितवनका अस्पताल तथा आइशोलेसन केन्द्रमा राखिएका कोरोना संक्रमितको संख्या २११ पुगेको छ । गत श्रावण २ गतेसम्म सो संख्या १८२ थियो । महामारी रोकथामका लागि जारी गरिएको निषेधाज्ञा खुकुलो हुँदै जाँदा नागरिक संयमित नभएपछि संक्रमित थपिने क्रम पनि फेरि बढ्न […]

कांग्रेसका सबै तहका अधिवेशन स्थगित

भरतपुर, ९ साउन । नेपाली कांग्रेसका सबै तहका अधिवेशन स्थगित भएका छन् । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको निवास बुढानलिकण्ठमा शनिबार बसेको पदाधिकारी बैठकले यस्तो निर्णय गरेको हो । मंगलबार क्रियाशील सदस्यता छानविन समितिले प्रतिवेदन बुझाएपछि महाधिवेशनको नयाँ कार्यतालिकाबारे छलफल हुने भएको छ । मंगलबार वडा तहदेखि अधिवेशन सुरु हुने पूर्व निर्धारित कार्यतालिका […]

गुरुपूर्णिमामा फोटो पत्रकार योग सिक्दै

काठमाडौँ, ९ साउन । आज आषाढ शुक्ल पूर्णिमाका दिन गायत्री, दीक्षा, वेद मन्त्र सुनाउने र शिक्षा दिने गुरुजनप्रति सम्मान भाव प्रकट गरी गुरुपूर्णिमा पर्व मनाइँदैछ । यसै अवसर पारेर फोटो पत्रकारलाई लक्षित गरी फोटो पत्रकारको छाता सङ्गठन राष्ट्रिय फोटो पत्रकार समूहले स्वास्थ्यलाई ध्यानमा राखेर योग कार्यक्रम आयोजना गरेको छ । ‘गरौँ योग, रहौँ निरोग स् […]

नेपाल–बङ्गलादेश व्यापार: आयात बढी निर्यात कम

झापा, ९ साउन । पूर्वी नाका काँकडभिट्टाबाट बङ्गलादेश निर्यात हुने सामानको तुलनामा बढी आयात भएको मेची भन्सार कार्यालयको तथ्याङ्कले देखाएको छ । आर्थिक वर्ष २०७७/०७८ को तथ्याङ्कमा नेपालमा उत्पादित सामान रु ६७ करोड ३८ लाख ९१ हजारको निर्यात भएको देखिन्छ भने रु सात अर्ब १५ करोड ७२ लाख ३४ हजारको सामान आयात भएको देखिएको छ […]

टोकियो ओलम्पिक: कल्पनाको राष्ट्रिय कीर्तिमान

काठमाडौँ, ९ साउन । जापानको राजधानी टोकियोमा भइरहेको ३२औँ ग्रीष्मकालीन ओलम्पिक खेलकूदमा नेपाली सुटिङ खेलाडी कल्पना परियारले राष्ट्रिय कीर्तिमान बनाएकी छिन । परियारले महिला १० मिटर एयर राइफल स्पर्धाअन्तर्गत केहीबेर अघि भएको खेलमा ६१६ दशमलव आठ अङ्क बनाउँदै राष्ट्रिय कीर्तिमान बनाएकी हुन । सो क्रममा उनले पहिलो सिरिजमा १०२ दशमलव दुई, दोस्रोमा १०५ दशमलव चार, […]

महामारीले चितवनमा घटे आधा पर्यटक

चितवन, ९ साउन। कोरोना सङ्क्रमण बढेसँगै लगाइएको निषेधाज्ञाले यहाँ आउने पर्यटक आधा घटेका छन् । अघिल्ला वर्षहरुको तुलनामा पर्यटक आगमनमा कमी आएको हो । चितवन राष्ट्रिय निकुञ्जमा स्वदेशी एवं विदेशी पर्यटक जङ्गल सफारीका लागि घुम्न आउने गर्दछन् । निकुञ्ज कार्यालयले दिएको तथ्याङ्कअनुसार गएको आर्थिक वर्षमा ९२ हजार २०९ पर्यटकले जङ्गल सफारी गरेका छन् । अघिल्लो […]

गुरु घिमिरेको कविता संग्रह ‘मृत्युसँगको साक्षात्कार’ विमोचन

भरतपुर, ९ साउन । लेखक तथा राजनीतिकर्मी गुरुराज घिमिरेको कविता संग्रह ‘मृत्युसँगको साक्षात्कार’ विमोचन भएको छ । घिमिरेको छैटौं कृति तथा दोस्रो कविता संग्रहको शुक्रवार नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेल, डा. मीनेन्द्र रिजाल, प्रकाशमान सिंहलगायत नेताले विमोचन गरेका थिए । कविता थोरै शब्दमा धेरै कुरा भन्न सक्ने वा बुझाउन सक्ने विधा हो । कानबाट छिरेर […]

चितवनमा ९३ हजार बढीले लगाए कोरोना विरुद्धको खोप

भरतपुर, ९ साउन । रासस जिल्लामा ९३ हजार बढीले कोरोनाविरुद्धको पहिलो मात्रा खोप लगाएका छन् । दुई वटा फरकफरक कम्पनीका गरी ९३ हजार ३७२ ले खोप लगाएका हुन् । तीमध्ये २३ हजार ९३८ ले दोस्रो डोज लगाइसकेका छन् । स्वास्थ्य कार्यालय चितवनका प्रमुख दीपकप्रसाद तिवारीका अनुसार जिल्लामा गत माघबाट खोप अभियान सञ्चालन भएको हो । […]

आजदेखि चले लामो दुरीका यातायात

भरतपुर, ९ साउन । अन्तर जिल्ला यातायातलाई सरकारले आजदेखि खुला गरेको छ । खुला भएसँगै आजदेखि लामो तथा मध्यम दूरीका सवारी साधनहरू सञ्चालन भएका छन् । शुक्रबार काठमाडौँ जिल्‍ला प्रशासन कार्यालयले सरकारले तोकेको मापदण्ड पालना गरेर यातायात सञ्‍चालन हुने सूचना जारी गरेको छ । त्रिभुवन विश्वविद्यालय तथा लोकसेवा आयोगलगायतका निकायबाट परीक्षाका कार्यक्रम सार्वजनिक भएकाले देशका […]

आज गुरु पूर्णिमा मनाइँदै

भरतपुर, ९ साउन । आषाढ शुक्ल पूर्णिमाका दिन आज गायत्री, दीक्षा, वेद मन्त्र सुनाउने र शिक्षा दिने गुरुजनप्रति सम्मान भाव प्रकट गरी गुरु पूर्णिमा पर्व मनाइँदैछ । ‘गु’को अर्थ अन्धकार र ‘रु’ भन्नाले प्रकाश बुझिन्छ । ज्ञानरुपी प्रकाशले अज्ञानरुपी अन्धकारको नाश गराउने व्यक्तिलाई गुरु भनिने तन्त्रशास्त्र र धर्मशास्त्रका पुस्तकमा उल्लेख गरिएको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग […]

ग्लोबल आईएमई बैंकको आन्तरिक पर्यटन प्रवर्द्धन योजना

भरतपुर, ९ साउन । ग्लोबल आईएमई बैंक लिमिटेडमा कार्यरत कर्मचारीहरूले वार्षिक बिदा लिँदा अनिवार्य कम्तीमा सात दिन आन्तरिक पर्यटकीय स्थलमा अनिवार्य भ्रमण गर्ने गरी बिदा लिनुपर्ने व्यवस्था बैंकले गरेकाे छ । कोभिड महामारीका कारण विदेशी पर्यटकको आवतजावतमा कमी रहेको परिस्थितिलाई मध्यनजर गर्दै बैंकले यो योजना ल्याएको हो । कोभिड–१९ महामारीका कारण पूर्ण प्रभावित पर्यटन क्षेत्रलाई […]