कांग्रेसका सबै तहका अधिवेशन स्थगित

भरतपुर, ९ साउन ।
नेपाली कांग्रेसका सबै तहका अधिवेशन स्थगित भएका छन् । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको निवास बुढानलिकण्ठमा शनिबार बसेको पदाधिकारी बैठकले यस्तो निर्णय गरेको हो ।

मंगलबार क्रियाशील सदस्यता छानविन समितिले प्रतिवेदन बुझाएपछि महाधिवेशनको नयाँ कार्यतालिकाबारे छलफल हुने भएको छ ।

मंगलबार वडा तहदेखि अधिवेशन सुरु हुने पूर्व निर्धारित कार्यतालिका भए पनि क्रियाशील सदस्यता नटुंगिएको र निर्वाचन समितिले पनि काम पूरा नगरेपछि महाधिवेशनको कार्यतालिका हेरफेर हुने भएको हो ।

क्रियाशील सदस्यता छानबिन समितिका संयोजक रमेश लेखकका अनुसार अधिवेशन करिब १० दिन सर्ने देखिएको छ । कांग्रेस महाधिवेशन भदौ १६ गतेदेखि १९ गतेसम्म हुने कार्यतालिका थियो ।

निर्धारित कार्यतालिकाअनुसार गाउँ/नगर वडा अधिवेशन यही साउन १२ गते, गाउँ/नगरपालिका अधिवेशन साउन १६ गते, प्रदेशसभा क्षेत्रीय अधिवेशन साउन २० गतेका लागि तोकिएको थियो ।

यसैगरी प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन र एक मात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन साउन २३ गते, एकभन्दा बढी प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन साउन २६ गते हुने कार्यतालिका थियो । त्यस्तै प्रदेश अधिवेशन भदौ १ र २ गतेका लागि निर्धारित थियो ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट