भरतपुर, ९ साउन ।
लेखक तथा राजनीतिकर्मी गुरुराज घिमिरेको कविता संग्रह ‘मृत्युसँगको साक्षात्कार’ विमोचन भएको छ ।
घिमिरेको छैटौं कृति तथा दोस्रो कविता संग्रहको शुक्रवार नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेल, डा. मीनेन्द्र रिजाल, प्रकाशमान सिंहलगायत नेताले विमोचन गरेका थिए ।
कविता थोरै शब्दमा धेरै कुरा भन्न सक्ने वा बुझाउन सक्ने विधा हो । कानबाट छिरेर हृदयमा जागृत गराउने विधा भएको र यसले संसारका धेरै आन्दोलन सफल पार्न महत्त्वपूर्ण भूमिका खेलेको भन्दै कविताले राजनीति गर्नेहरूलाई पनि सचेत बनाउने कवि घिमिरेको भनाइ छ ।





