जङ्गली च्याउ खाँदा बाबु छोराको मृत्यु

इलाम, ९ साउन।

इलामको फाकफोकथुममा जङ्गली च्याउको तरकारी खाँदा बाबु–छोराको मृत्यु भएको छ ।मृत्यु हुनेमा फाकफोकथुम–१ का ५१ वर्षीय लेखबहादुर लिम्बू र उनका छोरा १२ वर्षीय दिवस लिम्बू रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रहरीका अनुसार गत साउन ३ गते घर नजिकैको जङ्गलबाट ल्याएको च्याउको तरकारी खाँदा बिरामी परेका दुबै जनालाई उपचारका लागि विराटनगरस्थित नोबेल अस्पताल भर्ना गरिएको थियो । उपचारकै क्रममा दुबै जनाको अस्पतालमा मृत्यु भएको हो जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक गङ्गाबहादुर थापाले जानकारी दिए।रासस

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट