बुद्ध एयरले पोखरा-नेपालगञ्ज सीधा उडान थाल्दै

भरतपुर, ९ साउन ।

निजी वायुसेवा प्रदायक कम्पनी बुद्ध एयरले साउन १७ देखि पोखराबाट नेपालगन्ज सीधा उडान थाल्ने भएको छ ।

सुरुमा साताका तीन दिन (आइतबार, बुधबार र शुक्रबार) उडान गरिने र त्यसपछि दैनिक उडान गर्ने योजना बनाएको कम्पनीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

यी उडानबाट दुवै ठाउँका पर्यटकीय स्थलमा चहलपहल बढ्ने अपेक्षा गरिएको निर्देशक रुपेश जोशीले जनाएका छन् ।

यसले नेपालगन्जबाट केही घण्टाको दूरीमा रहेको बर्दिया राष्ट्रिय निकुञ्ज तथा कर्णाली चिसापानीमा पनि पर्यटकीय चहलपहल हुने उनको भनाइ छ ।

यस उडानबाट नेपालगन्ज नजिकका भारतीय सहर लखनऊ, कानपुर आदि गन्तव्यका पर्यटक पनि आकर्षित हुने जनाइएको छ ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट