कोइरालाको `अजिब मान्छे´ सार्वजनिक

भरतपुर, ९ साउन ।
लेखक सीताराम कोइरालाको संस्मरणसङ्ग्रह `अजिब मान्छे´ सार्वजनिक भएको छ ।
सम्पूर्ण किताब नारायणगढमा शनिबार आयोजित कार्यक्रममा बलराम वाङ्मय प्रतिष्ठानका अध्यक्ष पूर्णप्रसाद अधिकारीले पुस्तकको विमोचन गरेका हुन् । पुस्तक अघिल्लो वर्ष नै प्रकाशन भए पनि निषेधाज्ञाका कारण विमोचन हुन सकेको थिएन ।

पुस्तकमाथि समीक्षक उदय अधिकारी र ईश्वर कँडेलले टिप्पणी राखे । सुरुवातमा बोल्दै उदय अधिकारीले अजिब मान्छेका संस्मरणहरू कोइरालाका बाल्यकालीन स्मरणहरू भएको बताउँदै पुस्तक पढ्दा आफ्नै बाल्यकालको झझल्को आएको बताए । अर्का समीक्षक ईश्वर कँडेलले कोइराला आफ्नो स्कुलले जीवनका सहपाठी भएको र उनी निमावि पढ्दाताकाका प्रसङ्ग र परिवेशलाई किताबमा उतारेको बताए ।

कार्यक्रममा लीलामणि भट्टराई, निर्दोष जीवन, शोभा कँडेल, सरू चापागाईं, आकाश पौडेल, रिवाज अर्याल, भूमिश्वर शर्मा भावुक, कमल कँडेल प्रकृति, रमेशकुमार पौडेल, वसन्त पराजुली, सूर्यप्रकाश कँडेल, मणि अर्याल, पुष्प अधिकारी अञ्जली, प्रेम सिग्देल, इन्दिरा अधिकारी, सिरिषा सापकोटा, लेखराम सापकोटालगायतको उपस्थिति थियो ।
सम्पूर्ण किताबले प्रकाशन गरेको पुस्तकको मूल्य १७५ रुपैयाँ छ । पुस्तकमा कोइरालाका ११ वटा संस्मरण छन् ।

कोइरालाका यसअघि कविता, कथा, समालोचना गरेर ४ कृति प्रकाशित छन् । `अजिब मान्छे´ उनको पाँचौं कृति हो । `बाल्यकालका महत्त्वपूर्ण भोगाइलाई संस्मरणमार्फत उतार्ने कोसिस गरेको छु´ लेखक कोइरालाले भने- `किशोरावस्थाका शिक्षासँग सम्बन्धित मुद्दाहरूलाई संस्मरणमा लेखिएकोले शिक्षक, विद्यार्थी र अभिभावक सबैलाई यो पुस्तक उपयोगी हुनेछ ।´

कोईराला गम्भीर बिसयमा कलम चलाउने लेखकका रूपमा चिनिन्छन् । अभिव्यञ्जना साहित्य प्रतिष्ठानका संस्थापक अध्यक्ष कोइराला पल्लव साहित्य प्रतिष्ठानको `पल्लव´ पत्रिकामा लामो समय सम्पादकीय भूमिकामा आवद्ध थिए ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट