रास्ट्रपति र प्रधानमन्त्रीबीच भेटवार्ता

काठमाडौँ, ८ साउन ।
राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ ।

राष्ट्रपति भण्डारीलाई भेट्न प्रधानमन्त्री देउवा शुक्रबार साँझ शीतलनिवास पुगेका थिए । राष्ट्रपतिका प्रमुख स्वकीय सचिव भेषराज अधिकारीले राष्ट्रपति र प्रधानमन्त्रीबीच नियमित भेटवार्ता भएको बताए ।

प्रधानमन्त्रीमा नियुक्त भएयता देउवा पहिलोपटक राष्ट्रपतिलाई भेट्न शीतलनिवास पुगेका हुन् ।

सर्वोच्च अदालतको आदेशपछि असार २९ गते मंगलबार देउवा प्रधानमन्त्रीमा नियुक्त भएका थिए । सोही दिन उनलाई राष्ट्रपति भण्डारीले पद तथा गोपनीयताको शपथ खुवाएकी थिइन् ।

शपथ ग्रहणकै कार्यक्रममा राष्ट्रपतिले प्रधानमन्त्री देउवालाई बधाई समेत नदिएको विषय पनि चर्चामा आएको थियो ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट