द्रौपदी अवशेष – एउटा जीवित अवशेषको दस्तावेज

`छाता आफू नरुझी ओत दिन सक्दैन । घाममा आफू नसेकिई छाया दिन सक्दैन । पेमाका लागि वर्षामा रुझ्न, घाममा सेकिन ग्याल्जन हमेसा तयार थियो ।´ – द्रौपदी अवशेष मदन पुरस्कार बिजेता उपन्यासकार नीलम कार्की निहारिकाद्वारा लिखित नयाँ उपन्यास `द्रौपदी अवशेष´ एक विल्कुलै फरक विषयमा लेखिएको उपन्यास हो । महाभारतमा पाँच पाण्डव र द्रौपदीको वैवाहिक सत्यताबारे […]

रास्ट्रपति र प्रधानमन्त्रीबीच भेटवार्ता

काठमाडौँ, ८ साउन । राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ । राष्ट्रपति भण्डारीलाई भेट्न प्रधानमन्त्री देउवा शुक्रबार साँझ शीतलनिवास पुगेका थिए । राष्ट्रपतिका प्रमुख स्वकीय सचिव भेषराज अधिकारीले राष्ट्रपति र प्रधानमन्त्रीबीच नियमित भेटवार्ता भएको बताए । प्रधानमन्त्रीमा नियुक्त भएयता देउवा पहिलोपटक राष्ट्रपतिलाई भेट्न शीतलनिवास पुगेका हुन् । सर्वोच्च अदालतको आदेशपछि असार […]

सुजिताले आत्महत्या गरेको प्रहरीको दावी, प्रेम सम्बन्धमा रहेका दाजु पर्ने पक्राउ

भरतपुर, ८ साउन । राप्ती नगरपालिकाकी सुजिता भण्डारीले आत्महत्या गरेको प्रहरीले निष्कर्ष निकालेको छ । नाताले दाईपर्नेसँग सम्वन्धमा रहेकी सुजिता सामाजिक परिवन्दका कारण विवाह नहुने निष्कर्षमा पुगेपछि सुजिताले आत्महत्या गरेको प्रहरीको भनाई छ । सुजिताकी आमा अम्बिका भण्डारीले सुजिताको मृत्यु प्रकरणमा आत्महत्या दुरुत्साहनको उजुरी प्रहरीमा दिएकी थिइन् । आफन्त पर्ने एक युवकको नाम तोकेर उनले […]

यातायात सम्बद्ध कर आजदेखि अनलाइन बाटै तिर्न पाइने

भरतपुर, ८ साउन । बाग्मती प्रदेशका यातायात सम्बद्ध कर तथा राजस्वहरू विद्युतीय माध्यमबाट भुक्तानी गर्न सकिने भएको छ । सवारी चालक अनुमति शुल्क, सवारी कर, ब्लुबुक नवीकरण शुल्क, जरिवानालगायतका राजस्व भुक्तानी आजदेखि अनलाइनबाटै गर्न सकिने व्यवस्था बाग्मती प्रदेश सरकारले गरेको हो । बाग्मती प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री रामेश्वर फुँयालले यातायात सम्बद्ध सबै कर अब अनलाइनमा […]

निषेधाज्ञा खुलेसँगै बढ्यो सङ्क्रमण, यस्ता छन् कारण

काठमाडौँ, ८ साउन। निषेधाज्ञा खुलेसँगै कोरोना भाइरस सङ्क्रमणको ग्राफ पनि उकालो लागको छ । पछिल्लो एक हप्ताको तथ्याङ्क हेर्दा सङ्क्रमणदर उकालो लागेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको तथ्याङ्कले देखाउँछ । सरकारले निषेधाज्ञालाई क्रमशः खुकुलो बनाउँदै लगेसँगै सङ्क्रमणको दर पनि बढ्दै गएको पाइएको हो । निषेधाज्ञा खुलेसँगै भीडभाड तथा जनस्वास्थ्यमा मापदण्ड लागू नगर्नेजस्ता कारणले सङ्क्रमणको दर बढेको […]

नवलपुरमा एक वर्षमा १३२ सवारी दुर्घटना, ४६ ले ज्यान गुमाए

कावासोती, ८ साउन । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरमा एक वर्षको अवधिमा सवारी दुर्घटनामा परी ४६ जनाले ज्यान गुमाएका छन् । गत आर्थिक वर्ष २०७७/७८ मा भएको १३२ सवारी दुर्घटनामा परेर उक्त सङ्ख्यामा ज्यान गुमाएका हुन् । ज्यान गुमाउनेमा सबैभन्दा बढी पुरुष ४० जना रहेका छन् भने महिला चार र ज्यान गुमाउने बालकको सङ्ख्या दुई रहेको […]

डिडिसीको ६० हजार लिटर घ्यू निर्यात

वाग्मती, ८ साउन। नेपाल सरकारको स्वामित्वमा सञ्चालित दुग्ध विकास संस्थानको हेटौँडा दुग्ध वितरण आयोजनाद्वारा उत्पादित ६० हजार लिटर घ्यू यस वर्ष निर्यात भएको छ । आर्थिक वर्ष २०७७र७८ मा दक्षिण कोरिया, जापान र अष्ट्रेलियामा सो घ्यू निर्यात भएको आयोजना प्रमुख नरेश जोशीले जानकारी दिएका छन् । हेटौँडा औद्योगिक क्षेत्रमा सञ्चालित उक्त आयोजनाबाट आधा लिटरको बट्टामा […]

भक्तपुरको सल्लाघारी केन्द्रविन्दु भएर भूकम्प

काठमाडौँ, ८ साउन । भक्तपुरको सल्लाघारी केन्द्रविन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार भक्तपुरको सल्लाघारी आसपास केन्द्रविन्दु भएर ३।५ रिक्टर स्केलको भूकम्प गएको हो । भूकम्प बिहान ७ः०५ बजे गएको केन्द्रका भूकम्पविद् डा मुकुन्द भट्टराईले जानकारी दिए । उक्त भूकम्प गोरखा भूकम्पको परकम्प भएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान […]

चितवन राष्ट्रिय निकुञ्जमा भाले गैँडा मृत फेला

भरतपुर, ८ साउन । चितवन राष्ट्रिय निकुञ्जमा एउटा भाले गैँडा मृत फेला परेको छ । निकुञ्जको दुधौरा क्षेत्रमा बिहीबार अन्दाजी २५ /३० वर्षको भाले गैँडा मृत फेला परेको निकुञ्जले जनाएको छ । निकुञ्जका सूचना अधिकारी लोकेन्द्र अधिकारीका अनुसार दुई वटा भाले गैँडा एकआपसमा जुधेर उक्त घटना भएको निकुञ्जको अनुमान छ । मृत्यु भएको गैँडाको खाग […]

विश्वभर लगाइयो साढे तीन अर्बभन्दा बढी डोज कोरोना खोप

भरतपुर, ८ साउन । विश्वभर तीन अर्ब ७१ करोड ५८ लाख ३८ हजार ५१ डोज कोरोनाविरुद्ध खोप लगाइएको छ । हालसम्म चीनमा एक अर्ब ४७ करोड ९५ लाख २ हजार ८२९ डोज कोरोनाविरुद्ध खोप लगाइएको छ भने भारतले ४१ करोड ७८ लाख ५१ हजार १५१ डोज कोरोनाविरुद्ध खोप लगाइसकेको छ । त्यसैगरी, अमेरिकाले ३३ करोड […]

टोकियो ओलम्पिकको औपचारिक उद्घाटन आज

भरतपुर – विश्व खेलकुदको कुम्भमेला ३२ औं ग्रीष्मकालीन ओलम्पिक खेलकुदको औपचारिक उद्घाटन आज हुँदैछ । जापानको राजधानी टोकियोमा एक विशेष कार्यक्रमकाबीच टोकियो ओलम्पिक औपचारिक रुपमा सुरु हुनेछ । नेपाली समय अनुसार दिउँसो ४ बजेपछि हुने  उद्घाटन समारोहको मार्च पासमा नेपालको झण्डा पौडी खेलाडी गौरिका सिंह र एलेक्जेन्डर शाह (एलेक्स) ले बोक्ने छन् । टोकियो ओलम्पिकमा सहभागिता […]

खोप खरिदका लागि एडीबीले नेपाललाई दियो साढे १९ अर्ब ऋण

भरतपुर, ८ साउन । एशियाली विकास बैंक (एडीबी)ले कोरोना भाइरसविरुद्धको खोप खरिदका लागि नेपाललाई (१६५ मिलियन अमेरिकी डलर) करीब रू.१९ अर्ब ६३ करोड ऋण दिने भएको छ । सरकारले खोप किन्न एडीबीसँग गरेको ऋणसम्बन्धी प्रस्तावलाई हालैको बोर्ड बैठकले अनुमोदन गरेको हो । अर्थ मन्त्रालय वैदेशिक महाशाखामार्फत त्यससम्बन्धी प्रस्ताव पठाइएको थियो । एडीबीले डिसेम्बर २०२० मा […]

ओलम्पिक फुटबल: अर्जेन्टिनामाथि अस्ट्रेलियाको शानदार जित

भरतपुर, ८ साउन । टोकियो ओलम्पिकको पुरुष फुटबलमा अस्ट्रेलियाले अर्जेन्टिनालाई पराजित गर्दै विजयी शुरुवात गरेको छ । विहिबार भएको खेलमा अस्ट्रेलियाले अर्जेन्टिनालाई २-० गोल अन्तरले पराजित गरेको हो । अस्ट्रेलियाको जितमा लाचलान वेल्स र मार्को टिलिओले एक एक गोल गरेका थिए । वेल्सले खेलको १४औँ मिनेटमा गोल गर्दै अस्ट्रेलियालाई शुरुवाती अग्रता दिलाएका थिए भने टिलिओले […]

ओलम्पिक फुटबल : जर्मनीविरुद्ध ब्राजिलको सहज जित

भरतपुर, ८ साउन । टोक्यो ओलम्पिकअन्तर्गत बिहीबार साँझ सम्पन्न खेलमा ब्राजिलले जर्मनीविरुद्ध ४-२ गोलको जित निकालेको छ । ब्रालिजका रिचार्लिसनले ह्याट्रिक गरेपछि ब्राजिलले पहिलो हाफमै ३-० गोलको अग्रता बनाएको हो । रिचार्लिसनले पहिलो हाफको खेलको २९ मिनेटभित्र ह्याट्रिक पुरा गरेका थिए । उनले छैटौं, २१औं र २९औं मिनेटमा गोल गरेका थिए । पहिलो हाफको अन्तिममा […]