विश्वभर लगाइयो साढे तीन अर्बभन्दा बढी डोज कोरोना खोप

भरतपुर, ८ साउन ।
विश्वभर तीन अर्ब ७१ करोड ५८ लाख ३८ हजार ५१ डोज कोरोनाविरुद्ध खोप लगाइएको छ ।

हालसम्म चीनमा एक अर्ब ४७ करोड ९५ लाख २ हजार ८२९ डोज कोरोनाविरुद्ध खोप लगाइएको छ भने भारतले ४१ करोड ७८ लाख ५१ हजार १५१ डोज कोरोनाविरुद्ध खोप लगाइसकेको छ ।

त्यसैगरी, अमेरिकाले ३३ करोड ८० लाख २५ हजार ९५० डोज कोरोनाविरुद्ध खोप लगाउँदा ब्राजिलमा ११ करोड ८९ लाख ५३ हजार ५३७ डोज कोरोना भाइरसविरुद्ध लगाइएको छ ।

विश्वका धनी तथा पहुँचयुक्त राष्ट्रहरुले धेरै खोप लगाएका छन् । तर, अधिकांश अफ्रिकी तथा खरिदका लागि पहुँच नभएका राष्ट्रका नागरिकले हालसम्म पनि खोप लगाउन पाएका छैनन् ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट