भरतपुर, ८ साउन ।
चितवन राष्ट्रिय निकुञ्जमा एउटा भाले गैँडा मृत फेला परेको छ । निकुञ्जको दुधौरा क्षेत्रमा बिहीबार अन्दाजी २५ /३० वर्षको भाले गैँडा मृत फेला परेको निकुञ्जले जनाएको छ ।
निकुञ्जका सूचना अधिकारी लोकेन्द्र अधिकारीका अनुसार दुई वटा भाले गैँडा एकआपसमा जुधेर उक्त घटना भएको निकुञ्जको अनुमान छ । मृत्यु भएको गैँडाको खाग र खुर सुरक्षित रहेको अधिकारीले बताए । योसँगै चितवन राष्ट्रिय निकुञ्जमा चालु आर्थिक वर्ष २०७८/७९ मा तीन वटा भाले गैँडाको मृत्यु भएको छ ।





